काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६०३.७४ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६४६ रुपैयाँ कायम थियो ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश वैशाख २७ गते काठमाण्डौको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने साधारण सभाबाट पारित गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।