काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक भोलि (सोमबार) दिउँसो ३ बजे बस्नेछ ।
सभापति रवि लामिछानेको निर्देशनमा पार्टीको केन्द्रीय कार्यालयमा बैठक आयोजना गरिनेछ ।
यसअघि आज रास्वपाको सचिवालय बैठक बस्दैछ । उक्त बैठकमा जिल्ला अधिवेशनसम्बन्धी कार्यविधि, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूको मनोनयनका विषयमा छलफल गरिने बताइएको छ ।

