शनिबार, असार १३,२०८३ 08:28:53
Bizshala
  • शनिबार, असार १३,२०८३ 08:28:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमएडब्लूको रेटिङ्ग 'LBBB-/A3' मा स्तरोन्नति

Laxmi Sunrise Bank Limited
एमएडब्लूको रेटिङ्ग 'LBBB-/A3' मा स्तरोन्नति

काठमाण्डौ । ICRA Nepal Limited ले MAW Hire Purchase Pvt. Ltd. (एमएडब्लू हायर पर्चेज प्रा. लि.) को क्रेडिट रेटिङ्ग स्तरोन्नति गरेको छ। कम्पनीको दीर्घकालीन कर्जा रेटिङ्ग ‘LBB+’ बाट बढाएर ‘LBBB-’ कायम गरिएको छ भने अल्पकालीन रेटिङ्ग ‘A4+’ बाट सुधार गरी ‘A3’ मा पुर्‍याइएको छ।

रेटिङ्ग एजेन्सीका अनुसार उक्त स्तरोन्नतिले कम्पनीको समग्र वित्तीय अवस्था, जोखिम व्यवस्थापन क्षमता तथा सम्पत्ति गुणस्तरमा आएको उल्लेखनीय सुधारलाई प्रतिबिम्बित गर्दछ। विशेषगरी मोबाइल फोन फाइनान्सिङ क्षेत्रमा प्रभावकारी रिकभरी संयन्त्र र प्रविधिमैत्री नियन्त्रण प्रणालीको प्रयोगले खराब कर्जा व्यवस्थापनमा सकारात्मक प्रभाव पारेको उल्लेख गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले नाफा आर्जन क्षमतामा पनि स्थिरता कायम राखेको छ। नेट इन्ट्रेस्ट मार्जिन सन्तुलित रहँदा सञ्चालन खर्च नियन्त्रणमा राख्न सफल भएकाले सञ्चालन नाफा निरन्तर कायम रहेको बताइएको छ। साथै, करिब ९६ प्रतिशतको प्रावधान कभरेजले सम्भावित जोखिम वहन गर्ने क्षमतालाई थप मजबुत बनाएको छ।

एमएचपीएलको कर्जा पोर्टफोलियो विभिन्न स–साना खण्डमा विभाजित रहेको छ भने मध्यम लोन–टु–भ्याल्यु अनुपात अपनाइएकाले जोखिम न्यूनीकरणमा सहयोग पुगेको विश्लेषण गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनी MAW Group अन्तर्गत सञ्चालनमा रहेको हो, जसले नेपालमा अटोमोबाइल क्षेत्रमा लामो समयदेखि बलियो उपस्थिति बनाएको छ। समूहको स्थापित साख, अग्रणी ब्रान्डहरूसँगको सहकार्य तथा बजार पहुँचले कम्पनीको व्यवसाय विस्तार र वित्तीय स्रोतमा पहुँचलाई सहज बनाएको बताइएको छ।

सन् २०११ मा स्थापना भएको एमएडब्लू हायर पर्चेज प्रा. लि. नेपाल राष्ट्र बैंकको नियमन तथा मार्गदर्शनमा सञ्चालन हुँदै आएको छ। कम्पनीको केन्द्रीय कार्यालय विराटनगरमा रहेको छ भने काठमाडौंको त्रिपुरेश्वरस्थित शाखाबाट मुख्य सञ्चालन गतिविधिहरू सञ्चालन हुँदै आएका छन्। ग्राहकलाई सहज, छरितो र झन्झटरहित हायर पर्चेज सेवा उपलब्ध गराउने उद्देश्यका साथ कम्पनीले आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.