सोमबार, बैशाख ७,२०८३ 10:20:52
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 10:20:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२५ लाखबराबरको सेयर लुकाइएको आरोप गलत, अनुसन्धानमा सहयोग गर्न तयार छु गृहमन्त्री गुरुङ

Bizshala
२५ लाखबराबरको सेयर लुकाइएको आरोप गलत, अनुसन्धानमा सहयोग गर्न तयार छु गृहमन्त्री गुरुङ
Shivam Cement

काठमाण्डौ । गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडेर उठेका विभिन्न आरोपबारे विस्तृत स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा फैलिएका चर्चाप्रति प्रतिक्रिया दिँदै उनले आरोपहरूलाई भ्रामक व्याख्या भन्दै खण्डन गरेका छन्।

गुरूङका अनुसार आफूले धितोपत्र बजारमा गरेको करिब २ करोडभन्दा बढीको लगानी सम्पत्ति विवरणमै स्पष्ट रूपमा उल्लेख गरिएको छ, जसलाई सार्वजनिक रूपमा हेर्न सकिने उनले बताए। ‘२५ लाख बराबरको सेयर लुकाइएको’ भन्ने आरोप गलत भएको दाबी गर्दै उनले सेयर लगानी विभिन्न प्रकृतिका भएकाले त्यसलाई गलत रूपमा प्रस्तुत गरिएको बताए।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले गृहमन्त्रीको बारेमा उठेका विभिन्न विषयको छानबिन गर्न सरकारसँग माग गरेसँगै गुरुङले फेसबुकमार्फत मन्त्री बन्नुअघि सेयर खरिद गरिएको भन्ने आरोपको पनि खण्डन गर्दै सबै कारोबार बैंकिङ प्रणालीमार्फत पारदर्शी रूपमा भएको उल्लेख गरे। लगानीको स्रोत ऋण रहेको बताउँदै उनले सो सम्बन्धमा २०८० साल भदौ २९ गतेको लिखित तमसुकसमेत रहेको जानकारी दिए।

उनले लेखेका छन्, ‘२५ लाखको सेयर लुकाइएको भनिएको छ। वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन्। मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जोकोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो। यो लुकाउने होइन, वर्गीकरणको विषय हो। सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढी सम्पत्ति देखाउँदैन।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनले थप लेखेका छन्, ‘मन्त्री हुनुअघि सेयर किनियो भनिएको छ। यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ? सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ।’  

विवादित व्यक्तिसँग साझेदारी रहेको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै उनले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले त्यसलाई साझेदारीको रूपमा व्याख्या गर्नु गलत भएको तर्क गरेका छन्। उनले बैंक, सञ्चार संस्था लगायत विभिन्न क्षेत्रका लगानीकर्ताहरू पनि ती कम्पनीमा संलग्न रहेको उल्लेख गरेका छन्।

कन्फ्लिक्ट अफ इन्ट्रेस्टसम्बन्धी प्रश्नबारे उनले सम्पत्ति शुद्धिकरणसम्बन्धी छानबिन अर्थ मन्त्रालय अन्तर्गतको सम्बन्धित निकायमार्फत भइरहेको भन्दै गृह मन्त्रालयको कुनै हस्तक्षेप नरहेको स्पष्ट पारे। उनले प्रक्रिया स्वतन्त्र रूपमा अघि बढिरहेको उनले बताए।

लगानी र समयबारे उठेका प्रश्नहरूको जवाफमा उनले व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पूर्वानुमान गर्न नसकिने भएकाले पछिल्ला घटनालाई आधार बनाएर पूर्वनिर्णयलाई दोष दिनु उचित नहुने बताए।

CG Motors
Garima Development Bank
IME remit

प्रतिक्रिया ढिलो आएको भन्ने आलोचनाबारे उनले संवेदनशील कानुनी विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने भन्दै तथ्य र प्रमाणका आधारमा मात्र बोल्न आवश्यक रहेको स्पष्ट पारे।

अन्त्यमा गृहमन्त्री गुरूङले आरोप र सत्य फरक विषय भएको उल्लेख गर्दै सबै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन्। उनले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले गर्ने निर्णयलाई पनि स्वीकार गर्ने बताएका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.