बुधबार, श्रावण ६,२०८३ 05:45:28
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 05:45:28
Bizshala
Global IME Bank Limited

सुकुम्वासी व्यवस्थापन प्रक्रियामा सहयोग गर्न प्रहरीको आग्रह

सुकुम्वासी व्यवस्थापन प्रक्रियामा सहयोग गर्न प्रहरीको आग्रह
New Office

काठमाण्डौ । नेपाल प्रहरीले सुकुम्वासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियामा देखिएका अनियमितता र दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रहरीका अनुसार नेपाल सरकार द्वारा सञ्चालनमा ल्याइएको उक्त कार्यक्रम वास्तविक सुकुम्वासी तथा भूमिहीन नागरिकलाई सुरक्षित आवास, अधिकार र सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले अघि बढाइएको हो।

तर पछिल्लो समय केही स्वार्थी व्यक्तिहरूले नक्कली सुकुम्वासीको रूपमा दर्ता भई राज्यबाट प्राप्त हुने सुविधा दुरुपयोग गर्ने प्रयास गरिरहेको प्रहरीको भनाइ छ। यस्ता गतिविधिका कारण वास्तविक पीडितहरू अवसरबाट वञ्चित हुने अवस्था सिर्जना भएको जनाइएको छ।

प्रहरीले नागरिकहरूलाई सजग रहन आग्रह गर्दै आफ्नो हक अधिकार मिच्ने यस्ता व्यक्तिहरूको पहिचान गरी सम्बन्धित निकायलाई समयमै जानकारी दिन अनुरोध गरेको छ। साथै, वास्तविक सुकुम्वासी तथा भूमिहीनहरूलाई एकजुट भई सरकारी व्यवस्थापन प्रक्रियामा सहयोग गर्न समेत आह्वान गरिएको छ।

प्रहरीका अनुसार नागरिकबाट प्राप्त हुने सानो सहयोगले समेत वास्तविक पीडितलाई न्याय दिलाउन र दीर्घकालीन रूपमा समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.