बुधबार, असार १७,२०८३ 02:49:41
Bizshala
  • बुधबार, असार १७,२०८३ 02:49:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शेखर गोल्छाको विषयमा नाइमाले भन्यो, ‘पक्राउ गर्नुअघि स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर दिनुपर्थ्यो’

Laxmi Sunrise Bank Limited
शेखर गोल्छाको विषयमा नाइमाले भन्यो, ‘पक्राउ गर्नुअघि स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर दिनुपर्थ्यो’

काठमाण्डौ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा सँग सम्बन्धित हालका घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

नाइमाले जारी गरेको विज्ञप्तिमा यस्ता संवेदनशील विषयहरू अघि बढाउँदा सम्बन्धित व्यक्तिलाई आफ्नो पक्ष स्पष्ट गर्ने पर्याप्त अवसर प्रदान गरिनुपर्नेमा जोड दिइएको छ। संस्थाले प्रक्रियागत स्पष्टता, सन्तुलन र उचित विवेकको पालनाले समग्र न्यायिक तथा प्रशासनिक प्रणालीप्रतिको विश्वास सुदृढ हुने उल्लेख गरेको छ।

New Office
CG Motors
Garima Development Bank

उद्योग तथा व्यवसाय क्षेत्रले मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन र समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान दिँदै आएको भन्दै नाइमाले निजी क्षेत्रको मनोबल उच्च राख्ने वातावरण आवश्यक रहेको धारणा व्यक्त गरेको छ।

विज्ञप्तिमा नाइमा विधिको शासन, पारदर्शिता र निष्पक्षताको पक्षमा दृढ रहेको स्पष्ट गर्दै कुनै पनि विषयमा तथ्यका आधारमा अनुसन्धान हुनुपर्नेमा जोड दिइएको छ। साथै, पर्याप्त प्रमाणबिना निष्कर्षमा पुग्दा प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने भएकाले सम्बन्धित निकायहरूले संवेदनशीलता अपनाउनुपर्ने अनुरोध पनि गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नाइमाले कानू उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनुपर्नेमा आफ्नो अडान स्पष्ट गर्दै निष्पक्ष र प्रमाणमा आधारित प्रक्रिया नै न्यायको आधार हुनुपर्ने धारणा दोहोर्‍याएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.