बुधबार, श्रावण ६,२०८३ 06:06:04
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:06:04
Bizshala
Global IME Bank Limited

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, अधिकांशबाट बिक्री चाप

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, अधिकांशबाट बिक्री चाप
New Office

काठमाण्डौ । बुधबार सेयरबजारमा ६ अर्ब ५३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।  

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, त्रिशक्ति सेक्युरिटिज, कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।  

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो कम्पनीबाट आज मात्रै एक अर्ब ७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ३५.९८ प्रतिशत मात्रै सेयर खरिद भएको छ भने ६४.०२ प्रतिशत सेयर बिक्री भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.