काठमाण्डौ । बुधबार सेयरबजारमा झण्डै ५ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा दुईवटाबाट मात्रै उच्च खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज र एबीसी सेक्युरिटिज मात्रै रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र नेपाल स्टक हाउस रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ७३ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४५.९७ प्रतिशत सेयर खरिद भएको छ भने ५४.०३ प्रतिशत सेयर बिक्री भएको छ ।


