बिहीबार, श्रावण ७,२०८३ 09:29:34
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 09:29:34
Bizshala
Global IME Bank Limited

बल्खुमा ६१ वर्षीय पुरुषको शव फेला, बस्ती हटाउने अभियानसँग जोडियो घटना

बल्खुमा ६१ वर्षीय पुरुषको शव फेला, बस्ती हटाउने अभियानसँग जोडियो घटना
New Office

काठमाण्डौं । बल्खुस्थित बागमती नदीमा ६१ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दिउँसो उनको शव भेटिएको जनाएको छ।

प्रहरीका अनुसार मृतक इन्द्रबहादुर राई भएको र उनी बल्खुको फलफूल मण्डीमा लामो समयदेखि काम गर्दै आएका थिए।  

उनको परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको पनि प्रहरीले जनाएको छ । 

स्थानीय प्रज्वल लिम्बूले मृतक आफ्नै टोलका बासिन्दा रहेको बताउँदै पछिल्लो समय घरमा डोजर चलेपछि उनी मानसिक रूपमा तनावमा देखिएको बताए।

मृतककी श्रीमतीले पनि बस्ती हटाउने क्रममा घर भत्काइएपछि उनी निराश भएर घरबाट निस्किएको जानकारी दिएकी छन्।

शुक्रबार बिहानै सरकारले बागमती नदी किनारका ‘अव्यवस्थित बस्ती’ हटाउने अभियान अन्तर्गत बल्खु, टेकू नजिकका वंशीघाट, शंखमूललगायत क्षेत्रमा डोजर चलाएको थियो। 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.