आईतवार, बैशाख २०,२०८३ 03:45:51
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 03:45:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दराजद्वारा ५.५ बिग समर सेलको घोषणा,बृहत्त बचतको अवसर

Bizshala
दराजद्वारा ५.५ बिग समर सेलको घोषणा,बृहत्त बचतको अवसर
Shivam Cement

काठमाण्डौ । अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘बिग समर सेल’ सार्वजनिक गरेको छ । यस सेल मार्फत दराजले देशभरका ग्राहकहरूका लागि आकर्षक अफरहरूको नयाँ लहर नै पस्केको छ ।

दराज ५.५, बिग समर सेल, वैशाख २१ (मे ४)को बेलुका ८ बजेदेखि सुरु भई वैशाख २६ (मे ९) सम्म सञ्चालन हुनेछ । यस अवधिभर ग्राहकहरूले ८० प्रतिशतसम्मको आकर्षक छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क होम डेलिभरी, तथा रु. ५५ लाख बराबरका भौचरहरू प्राप्त गर्न सक्नेछन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

दराजद्वारा आफ्ना उपभोक्तालाई अझ उत्साहजनक शपिंग अनुभव प्रदान गर्न समय समयमा सार्वजनिक हुँदै आएका विभिन्न सेलमा जस्तै यसमा पनि अझ उत्साह थप्दै, विशेष साझेदार अफरहरू पनि उपलब्ध गरिएका छन् । 

ग्राहकहरूले प्लाटिनम पार्टनर्स पिल्ग्रिम र मारिकोका तर्फ बाट १५ प्रतिशतसम्म, गोल्ड पार्टनर्स ब्राण्डहाउस, होनसा र मिनिमलिस्टका तफ बाट ६० प्रतिशतसम्म, तथा सिल्भर पार्टनर्स ¥होतो, नुलाइट र एमडब्ल्यूसीका तफ बाट ७० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । 

साथै, ईसेवाका प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नु हुनेछन् । यसले किनमेल अनुभवलाई अझ लाभदायक बनाउने कम्पनीको दाबी छ ।

ग्राहकहरूले आफुले इच्छाएका सामग्रीहरुमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागू हुनेछ । 

यस आधारमा यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन यहाँ निर्धारित भन्दा कम मूल्यमा भेट्टाउनु भएमा, योग्यताको सर्त अनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।  यसले ग्राहकहरूलाई अझ विश्वस्त रूपमा किनमेल गर्न सहयोग पु¥याउने कम्पनीको दाबी छ ।

CG Motors
Garima Development Bank
IME remit

दराज ५.५, बिग समर सेलको यस संस्करण अन्तर्गत, ग्राहकहरूले हल्का र स्टाइलिश फेशन सामग्रीदेखि घरलाई गर्मीअनुकूल बनाउन आवश्यक वस्तुहरू, स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरुमा समेत आकर्षक अफरहरू पाउन सक्नुहुनेछ । नयाँ ग्याजेट खोज्दै हुनुहुन्छ, गर्मीका आवश्यक सामग्री किनमेल गर्दै हुनुहुन्छ वा दैनिक आवश्यक वस्तुहरू खरिद गर्न चाहनुहुन्छ, यहाँ सबैका लागि केही न केही उपलब्ध रहने कम्पनीको प्रतिबद्धता रहेको छ ।

सहज एप अनुभव, आकर्षक अफरहरू र अतुलनीय सुविधासहित, दराज नेपालले सबैलाई यो गर्मीमा घरमै बसेर किनमेलको आनन्द लिन र उत्कृष्ट बचतको अवसर उपयोग गर्न आमन्त्रण गरेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.