मंगलवार, आश्विन १३,२०८३ 09:26:27
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:26:27
Bizshala
Global IME Bank Limited

मन्त्रिपरिषद् बैठकको निर्णय : १५ कन्सुल जनरल तथा कन्सुल हटाइए

Bizshala
मन्त्रिपरिषद् बैठकको निर्णय : १५ कन्सुल जनरल तथा कन्सुल हटाइए
New Office

काठमाण्डौं ।  आज बसेको मन्त्रिपरिषद् बैठकले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको छ।

सरकारकी प्रवक्ता सस्मित पोलरेलका अनुसार विभिन्न मुलुकमा कार्यरत अनररी कन्सुलहरूको सेवा समाप्त गरिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसम्बन्धी दुई अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति पनि दिएको छ।

यसअनुसार अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ तथा श्रम निरीक्षण सम्बन्धी महासन्धि १९४७ नम्बर ८१ अनुमोदन प्रक्रियालाई अघि बढाइने भएको छ।

 

यस्तै, सरकारले आगामी २८ गते अपराह्न चार बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ।

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.