काठमाण्डौ । शुक्रबार सेयरबजारमा ३ अर्ब २८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा २ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज र कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भिजन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, एबीसी सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा ४५ करोड ३९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.७७ प्रतिशत सेयर खरिद भएको छ भने ५०.२३ प्रतिशत सेयर बिक्री भएको छ ।


