शनिबार, श्रावण ९,२०८३ 08:41:33
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 08:41:33
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित

लक्ष्मी सनराइज बैंकको कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित
New Office

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सवारी साधन कर्जा तथा आवासिय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसिप(पीसीएएफ)सँग २०२१ देखी आवद्व हुँदै आएको छ।

पीसीएएफ वित्तीय संस्थाहरुको विश्वयापी साझेदारी समूह होजसले वित्तीय संस्थाहरुको कर्जा र लगानीका क्षेत्रहरु मार्फत उत्सर्जन हुने हरित ग्यास गृहको मुल्याङ्कन र सोको विवरणहरु संकलन र सार्वजनिक गर्ने काम गर्छ।

लक्ष्मी सनराइजको प्रकाशित भएको विवरणले बैंकको सवारी साधन कर्जा र आवासिय कर्जामार्फत गत आर्थिक वर्षसम्म कुल १५ हजार ९६५.११ टन कार्बनडाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ । जसमध्य सवारी साधन कर्जामार्फत ३ हजार ६४४.५१ र आवासिय कर्जामार्फत १२ हजार ३२०.६० कार्बन उत्सर्जन भएको छ।

बैंकले आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको ‘टीसीओटु ई’ को असरलाई न्यूनिकरण गर्न पहल अगाडी बढाईसकेको जनाएको छ। 

विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र बलियो बनाउने, पूर्णरूपमा डिजिटल बचतखाताहरुको सञ्चालन गर्ने र आफ्ना ग्राहकहरुलाई दिगो अभ्यासहरु गर्न प्रेरित गर्ने लगायतका कार्यहरु गर्दै आएको बैंकले उल्लेख गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.