मंगलवार, आश्विन २०,२०८३ 08:48:44
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 08:48:44
Bizshala
Global IME Bank Limited

ऋण नतिर्ने ओरेण्टल सहकारीका २८४ ऋणीको तीन पुस्तेसहित नाम सार्वजनिक(सूचिसहित)

Bizshala
ऋण नतिर्ने ओरेण्टल सहकारीका २८४ ऋणीको तीन पुस्तेसहित नाम सार्वजनिक(सूचिसहित)
New Office

काठमाण्डौ । समस्याग्रस्त घोषित ओरेण्टल को-अपरेटिभसँग सम्बन्धित २८४ जना ऋणीहरूको विस्तृत विवरण सरकारले सार्वजनिक गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली प्रक्रिया तीव्र बनाउने क्रममा ऋणीहरूको नामावली सार्वजनिक गर्दै तत्काल दायित्व भुक्तानी गर्न निर्देशन दिएको हो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

समितिले जारी गरेको सूचनामा ऋणीहरूको नाम, ठेगाना तथा तीन पुस्तेसम्मको विवरण समावेश गरिएको छ । सार्वजनिक सूचनामार्फत समितिले सम्बन्धित ऋणीहरूलाई सम्पर्कमा आई ऋण फरफारक गर्न आग्रह गरेको छ । अन्यथा प्रचलित कानुनअनुसार असुलउपर प्रक्रिया अघि बढाइने चेतावनी समेत दिइएको छ ।

समितिका अनुसार लामो समयदेखि सम्पर्कविहीन रहेका तथा भुक्तानी प्रक्रिया अगाडि नबढाएका ऋणीहरूको विवरण समेत सार्वजनिक गरिएको हो । उक्त नामावली र विस्तृत जानकारी PDF दस्तावेजमार्फत सार्वजनिक गरिएको बताइएको छ ।

सुधीर बस्नेतसँग जोडिएको ओरेण्टल सहकारी वर्षौंदेखि समस्याग्रस्त सहकारीको सूचीमा छ । बचतकर्ताको रकम दुरुपयोग भएको आरोप लाग्दै आएको यस सहकारीका कारण हजारौं बचतकर्ता प्रभावित बनेका छन् ।

सरकारले पछिल्लो कदमलाई बचतकर्ताको रकम फिर्ता गराउने अभियानअन्तर्गतको महत्वपूर्ण प्रक्रिया मानेको छ । ओरेण्टल प्रकरणमा पीडित बचतकर्ताहरूले लामो समयदेखि आफ्नो बचत फिर्ताको माग गर्दै आएका छन् ।

२८४ ऋणि र तिनको तीनपुस्तेको सूचि यस्तो छः

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.