शुक्रबार, श्रावण ८,२०८३ 08:40:05
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 08:40:05
Bizshala
Global IME Bank Limited

विपक्षी अवरोधकै बीच नीति तथा कार्यक्रम पारित, अब बजेट ल्याउने संवैधानिक बाटो खुल्यो

विपक्षी अवरोधकै बीच नीति तथा कार्यक्रम पारित, अब बजेट ल्याउने संवैधानिक बाटो खुल्यो
New Office

काठमाण्डौ । विपक्षी दलहरूको बहिष्कार, नाराबाजी र निरन्तर विरोधका बीच प्रतिनिधिसभाबाट सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । 

संसदमा चर्को राजनीतिक तनावकाबीच सभामुखले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतबाट स्वीकृत भएको हो ।

प्रधानमन्त्री Balen Shah संसदमा उपस्थित नभएको भन्दै प्रमुख विपक्षीसहितका दलहरूले बैठकभर विरोध जनाएका थिए । केही विपक्षी दलले बैठक नै बहिष्कार गरेका थिए भने केही सांसदहरूले बैठक कक्षमै उभिएर नाराबाजी जारी राखेका थिए । यद्यपि सरकार पक्षले प्रक्रिया अघि बढाउँदै अर्थमन्त्री Swarnim Wagle मार्फत नीति तथा कार्यक्रममाथिको जवाफ प्रस्तुत गरेको थियो ।

विपक्षीको अवरोधका बाबजुद नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारले आगामी जेठ १५ गते संवैधानिक व्यवस्थाअनुसार वार्षिक बजेट प्रस्तुत गर्ने औपचारिक बाटो खुलेको छ । नेपालको संविधानअनुसार नीति तथा कार्यक्रम पारित भएपछि मात्रै सरकारले नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्न पाउने व्यवस्था छ ।

यसपटकको नीति तथा कार्यक्रमलाई सरकारले आर्थिक सुधार, लगानी विस्तार, पूर्वाधार विकास, ऊर्जा, सूचना प्रविधि, कृषि आधुनिकीकरण तथा निजी क्षेत्रको मनोबल उकास्ने दिशामा केन्द्रित गरेको दाबी गरेको छ । तर विपक्षी दलहरूले भने सरकारले संसदप्रति उत्तरदायी व्यवहार देखाउन नसकेको र नीति तथा कार्यक्रम कार्यान्वयनभन्दा बढी नारामुखी भएको आरोप लगाएका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.