मंगलवार, असार १७,२०८२ 09:18:30
  • मंगलवार, असार १७,२०८२ 09:18:30
Global IME Bank Limited

के सेन्ट्रल लकिङ सिस्टम कार दुर्घटनाका बेला मृत्युको कारण बन्दै छ ? काम लाग्न सक्छ यस्ता उपाय

Hyundai Nepal
के सेन्ट्रल लकिङ सिस्टम कार दुर्घटनाका बेला मृत्युको कारण बन्दै छ ? काम लाग्न सक्छ यस्ता उपाय
Nabil Bank Limited

काठमाण्डौ । दुर्घटनाका बेला यात्रुहरुको ज्यान बचाउने उद्देश्यले आधुनिक कारहरुमा नयाँ–नयाँ सेफ्टी फिचर्सहरु अपडेट भईरहेका छन् । पहिले प्रिमियम हुने यस्ता फिचर्सहरु आजभोलि भने इन्ट्री–लेभल कारहरुमा समेत उपलब्ध भईरहेको छ । त्यहिमध्ये एउटा फिचर्स हो,सेन्ट्रल लकिङ सिस्टम ।  

यो फिचर्स आजभोली सडक दुर्घटनाबा बेला कारको ढोका नखुलेर मृत्युको कारण बन्दै गईरहेको छ । सुरक्षाका लागि प्रदान गरिएको यो फिचर्सका बारेमा आम मानिसहरुमा थुप्रै प्रकारका प्रश्नहरु उब्जिरहेका छन् ।  

हालैमात्रै भारतको राजस्थानमा एउटा सडक दुर्घटनाका क्रममा आगो लागेर एकै परिवारका ७ जना सदस्यको मृत्यु भएको थियो । यो दुर्घटनाका बेला कारको ढोका लक भएको र यसकारण कारभित्रका यात्रुहरु बाहिर आउन नसकेकाले उनीहरुको मृत्यु भएको भारतीय मिडियाले बताएका छन् । कारमा आगो लागेपछि यात्रुहरुले बाहिर आउन प्रयास गरेको तर कारमा भएको सेन्ट्रल लकिङ सिस्टमका कारण ढोका नखुलेका कारण उनीहरुले प्राण गुमाउनु परेको उल्लेख गरिएको छ ।  

यस्ता घटना विश्वका अन्य देशहरुमा घटेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

के हो सेन्ट्रल लकिङ सिस्टम ?

सुरुवाती चरणमा यो फिचर्स प्रिमियम कारहरुमा मात्रै प्रदान गरिन्थ्यो । तर आजभोलि भने यो फिचर्स लगभग सबेजसो कारहरुमा प्रदान गरिन्छ । यो प्रविधिले कारको सबै ढोकाहरुलाई एकसाथ लक र अनलक गर्ने सुविधा प्रदान गर्छ । यसलाई चालक पट्टीको भागमा प्रदान गरिने एउटा लक बटनका साथै रिमोटबाट पनि अपरेट गर्न सकिन्छ ।  

यो सिस्टमबाट सुसज्जित कारको सबै ढोकाहरुलाई भिन्दाभिन्दै रुपमा लक÷अनलक गर्न आवश्यक पर्दैन । आधुनिक कारहरुमा रिमोट कि पनि प्रदान गरिदै छ । जसले एउटा निश्चित दूरीबाटै कारका सबै ढोकाहरुलाई लक तथा अनलक गर्न सक्छ ।  

यो सिस्टमले कसरी काम गर्छ ?

सेन्ट्रल लकिङ सिस्टमले ‘की कोड्स’ तथा रेडियो वेभ्सबाट काम गर्छ । सरल तरिकाले भन्दापर्दा,कारको चाबी(रिमोट की)ले एउटा ट्रान्समिटरको काम गर्छ र कारले रिसिभरको काम गर्छ । जब कारको रिमोटबाट कारको ढोका लक÷अनलक गर्ने निर्देशन प्राप्त हुन्छ, तब यो सिस्टमले निर्देशन अनुरुप काम गर्छ । यो काड्स ड्राइभर सिटमा दिइने लक बटनबाट सञ्चालनका लागि पनि लागू हुन्छ ।  

यसका साथै यदि कारको चाबीबाट लक गरियो भने,इम्मोबिलाइजर बन्द हुन्छ । इम्मोबिलाइजर इन्जिनमा दिइने एक प्रकारको सेफ्टी डिभाइस हो । जसले ट्रान्समिटर वा चाबीको निर्देशनमा इन्जिनलाई बन्द गरेर कारलाई चोरी  हुनबाट बचाउँछ । नयाँ कारमा यो सिस्टम कम्पनी फिटेट आउँछ भने पुराना कारहरुमा यसलाई आफ्टर मार्केट पनि लगाउन सकिन्छ ।  

यो फिचर्सको कस्तो छ फाइदा ?

सेन्ट्रल लकिङ सिस्टमको एकमात्रै र सबैभन्दा ठूलो फाइदा के हो भने,यसले सजिलै कारका सबै ढोका लक÷अनलक गर्न सकिन्छ । यदि कारमा बालबालिकासँग यात्रा गरिरहनु भएको छ भने र यदि बालबालिका पछाडीको सिटमा बसिरहेका छन् भने तपाईले ड्राइभर सिटमा बसेर नै ढोकाहरु लक गर्न सक्नुहुन्छ ।  

यो सिस्टमले कारको चोरी हुनबाट समेत बचाउँछ । कारको ढोकामा छेडखानी भयो भने यो सिस्टममा लगाइएको अलार्म बज्न थाल्छ । यसलार्इ  केवल कारको चाबीबाट मात्रै बन्द गर्न सकिन्छ ।  

किन घातक बन्दै छ सेन्ट्रल लकिङ सिस्टम ?

कार दुर्घटनामा परेका बेला यदि सेन्ट्रल लकिङ सिस्टम पहिले नै अन छ भने कारको ढोकाहरु लक हुन्छन् । कारको ढोकाहरु कोड्सको माध्यमबाट निर्देशन दिएपछि मात्रै खुल्ने गर्छ । यसका साथै कारमा हुने टक्करका कारण कारको ढोकाहरु वा फ्रेमपनि नराम्ररी क्षतिग्रस्त हुन्छ । जसले गर्दा ढोकाहरु जाम हुन्छन् । यस्तो अवस्थामा कार भित्रका यात्रुहरु बाहिर आउन सक्दैनन् ।  

यस्तो अवस्थामा के गर्ने ?

दुर्घटनाका बेला कारको ढोकाहरु लक हुँदा एकमात्रै लक्ष्य भनेको जसरी पनि कारबाट बाहिर निस्कनु हो । किनकी कारमा इन्धन(पेट्रोल÷डिजेल वा सीएनजी)का साथै ब्याट्री जस्ता प्रज्वलनशील पदार्थहरु हुन्छन् । यस्तो अवस्थामा केहि औजारहरु सहयोगसिद्ध हुन सक्छ । यसका लागि कारम यी टुल्सहरु अवश्य राख्ने गर्नुस् ः

हथौडा  

कारमा सधै एउटा सानो हथौडा राख्ने गुर्नस् । यसको सहयोगले कारको सिसा वा विन्डोशिल्ड तोडेर कारबाट बाहिर आउन सकिन्छ ।  

सिट बेल्ट कटर  

दुर्घटनाका बेला सिट बेल्ट जाम हुन सक्छ । यस्तोमा सिट बेल्ट कटर उपयोगी बन्न सक्छ । यसले सजिलै सिट बेल्ट काटेर बाहिर आउन सकिन्छ ।  

सर्भाइवल विसल

कारमा सर्भाइवल विसल अनिवार्य रुपमा राख्नुपर्छ । यदि कार रोड तल कुनै खस्यो भने सर्भाइवल विसल बजाएर सहयोगका लागि बोलाउन सकिन्छ ।  

फायर इस्टिङग्युसर

कारमा आफ्नो सिट तल वा फ्रन्ट पिलरमा एउटा फायर इस्टिङग्युसर राख्न पनि आवश्यक पर्छ । दुर्घटनाका बेला कारमा आगलागी भयो भने यो उपकरण काम आउँन सक्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.