शनिबार, श्रावण ३०,२०८३ 10:28:17
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 10:28:17
Bizshala
Global IME Bank Limited

सीडीएससीमा ३ दिनदेखि विद्युत आपूर्ति ठप्प, कुनै पनि बेला सेयर राफसाफ अवरुद्ध हुन सक्ने

Prabhu Bank Limited
सीडीएससीमा ३ दिनदेखि विद्युत आपूर्ति ठप्प, कुनै पनि बेला सेयर राफसाफ अवरुद्ध हुन सक्ने
New Office

काठमाण्डौं । पुतलीसडकस्थित सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा ३ दिनदेखि विद्युत आपूर्ति ठप्प भएको छ । सीडीएसीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) पूर्णप्रसाद आचार्यले दिएको जानकारी अनुसार पुतलीसडकको एक विद्युत ट्रान्सफर्मर ३ दिन अघि आगलागि हुँदा विद्युत आपूर्तिमा समस्या आएको हो ।  

सीईओ आचार्यले भने,‘हामीले विद्युत प्राधिकरणलाई सीडीएसीको डेटा सेन्टर चलाउन विद्युत अति आवश्यक रहेको भन्दै जतिसक्दो चाडो विद्युत आपूर्ति सुचारु गर्न अनुरोध गरेका छौं । तर प्राधिकरणले समयमा नै विद्युत आपूर्तिको व्यबस्था गरेको छैन ।’  

CG Motors

विद्युतको अभावमा अहिले ब्याकअपमार्फत दैनिक कार्य सञ्चालन भईरहेको आर्चायले बताए । ब्याकअपले पनि लामो समय काम गर्न नसक्ने भएकाले सीडीएसीको सिस्टममा समस्या आएर सेयर राफसाफमा समस्या पर्न सक्ने आचार्यले चतावनी दिए ।  

विद्युत आपूर्ति ठप्प भएपछि यस क्षेत्रमा रहेका आन्तरिक राजश्व कार्यालय, अन्य सकारी कार्यालय, बैक तथा वित्तिय क्षेत्र जस्ता महत्वपूर्ण कार्यालयहरु पनि प्रभावित बन्न पुगेका छन् । यस विषयमा बुझ्ने प्रयास गर्दा विद्युत प्राधिकरणका कुनै पनि अधिकारी सम्पर्कमा आउन चाहेनन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.