मंगलवार, श्रावण ५,२०८३ 10:52:51
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 10:52:51
Bizshala
Global IME Bank Limited

सरकारलाई जवाफदेही बनाउन माग गर्दै संसदमा हर्क साम्पाङले गरे फेरि पर्चा प्रदर्शन

सरकारलाई जवाफदेही बनाउन माग गर्दै संसदमा हर्क साम्पाङले गरे फेरि पर्चा प्रदर्शन
New Office

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा अध्यक्ष हर्क साम्पाङले विरोधस्वरूप पर्चा प्रदर्शन गरेका छन् ।

बैठक शुरु हुनासाथ आसनबाट उठेका उनले सरकारलाई संसदप्रति थप जवाफदेही बनाउनुपर्ने मागसहित लिखित पर्चा देखाउँदै सदनको ध्यानाकर्षण गराएका हुन् ।

 

साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम ३ को व्यवस्था स्मरण गराउँदै प्रधानमन्त्री तथा मन्त्रीहरू संसदप्रति उत्तरदायी हुनुपर्ने प्रावधान कडाइका साथ कार्यान्वयन गर्न माग गरेका थिए ।  

उनले ‘सदनबाट भाग्न नपाइने’ भन्ने सन्देश लेखिएको पर्चा प्रदर्शन गर्दै कार्यपालिका र व्यवस्थापिकाबीचको जवाफदेहिताबारे प्रश्न उठाएका थिए ।

उनको पर्चा प्रदर्शनपछि सभामुखले ध्यानाकर्षण भएको जनाउँदै सचिवालयमार्फत आवश्यक छलफल अघि बढाइने बताएका थिए ।  

सभामुखको उक्त प्रतिक्रिया पछि साम्पाङ आसनमा बसेका थिए ।  

त्यसपछि बैठक नियमित कार्यसूचीअनुसार अघि बढाइएको संसद सचिवालयले जनाएको छ ।

यसअघि सोमबारको बैठकमा पनि श्रम संस्कृति पार्टीका सांसदहरूले रोस्टम घेरेर पर्चा प्रदर्शन गर्दै विरोध जनाएका थिए ।  

उनीहरूले सरकारको जवाफदेहिता, पारदर्शिता र संसदीय भूमिकाको प्रभावकारिताबारे प्रश्न उठाउँदै निरन्तर दबाबमूलक गतिविधि गर्दै आएका छन् ।

सभामुखले भने संसदको मर्यादा कायम राख्दै विरोधका कार्यक्रम शान्तिपूर्ण, संयमित र नियमअनुसार गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.