आईतवार, असार १४,२०८३ 10:29:52
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:29:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेवा प्रवाहलाई डिजिटल र पारदर्शी बनाउन अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ प्रणाली लागू

Laxmi Sunrise Bank Limited
सेवा प्रवाहलाई डिजिटल र पारदर्शी बनाउन अध्यागमन विभागमा ‘डिजिटल टाइम कार्ड’ प्रणाली लागू

काठमाण्डौं । अध्यागमन विभागले सार्वजनिक सेवा प्रवाहलाई थप पारदर्शी, डिजिटल र ट्र्याकिङयोग्य बनाउने उद्देश्यसहित ‘डिजिटल टाइम कार्ड’ प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ ।  

सेवा प्रक्रियामा हुने ढिलाइ घटाउने र सेवाग्राहीलाई वास्तविक समयमै जानकारी उपलब्ध गराउने लक्ष्यसहित उक्त प्रणाली शुरु गरिएको विभागले जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

बिहीबार आयोजित एक कार्यक्रममा अध्यागमन विभागले उक्त प्रणालीको शुभारम्भ गरेको हो ।  

सरकारको गत १३ चैतमा सार्वजनिक गरिएको १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्ययोजनाअनुसार सेवा प्रवाहमा प्रविधिको उपयोग विस्तार गर्ने नीति अन्तर्गत यो प्रणाली लागू गरिएको बताइएको छ ।

कार्यक्रममा बोल्दै अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारी ले ‘डिजिटल टाइम कार्ड’ प्रणालीले सेवाग्राहीको आवेदन प्रक्रिया, सोको प्रगति अवस्था तथा सेवा सम्पन्न हुन लाग्ने अनुमानित समयसमेत रियल–टाइममा उपलब्ध गराउने जानकारी दिए ।

उनका अनुसार यस प्रणालीले सेवाग्राहीलाई अनावश्यक रूपमा कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।

महानिर्देशक तिवारीले डिजिटल प्रणाली लागू भएपछि सेवाप्रवाहमा पारदर्शिता बढ्ने र कर्मचारीको जिम्मेवारी तथा जवाफदेहिता अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उनले सेवा प्रक्रियामा हुने ढिलाइ, अस्पष्टता र जानकारी अभावलाई न्यूनीकरण गर्न यो प्रविधि महत्वपूर्ण हुने बताए ।

नयाँ प्रणालीअन्तर्गत सेवाग्राहीले अध्यागमन विभागका विभिन्न शाखा तथा प्रतिक्षालयहरूमा राखिएको क्यूआर कोड स्क्यान गरेर आफ्नो आवेदनको अवस्था सहजै ट्र्याक गर्न सक्ने व्यवस्था गरिएको छ ।  

यसबाट सेवा लिने व्यक्ति आफैंले आफ्नो फाइल कहाँ पुगेको छ र कति समय लाग्ने सम्भावना छ भन्ने जानकारी मोबाइलमार्फत प्राप्त गर्न सक्नेछन् ।

विभागले यस प्रणालीलाई चरणबद्ध रूपमा विस्तार गर्दै सम्पूर्ण सेवा प्रक्रियालाई डिजिटल प्लेटफर्ममा ल्याउने योजना बनाएको जनाएको छ ।  

यसलाई शासकीय सुधार, सेवा प्रवाहको दक्षता वृद्धि र नागरिक–मैत्री प्रशासनतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.