बिहीबार, जेष्ठ ७,२०८३ 08:29:21
Bizshala
  • बिहीबार, जेष्ठ ७,२०८३ 08:29:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एमालेमा संगठन, नीति र विभागीय संरचनामा ठूलो फेरबदल, उपमहासचिव र सचिव तहमा नयाँ जिम्मेवारी

Laxmi Sunrise Bank Limited
एमालेमा संगठन, नीति र विभागीय संरचनामा ठूलो फेरबदल, उपमहासचिव र सचिव तहमा नयाँ जिम्मेवारी
Shivam Cement

काठमाण्डौं । नेकपा (एमाले) ले पार्टी संगठनलाई थप व्यवस्थित, कार्यमुखी र संरचनागत रूपमा पुनःसंगठित गर्ने उद्देश्यसहित नेताहरूको जिम्मेवारी तथा वरियताक्रमबारे नयाँ प्रस्ताव अघि सारेको छ ।  

सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली ले प्रस्तुत गरेको उक्त प्रस्ताव शुक्रबार बस्ने बैठकबाट टुंग्याउने तयारी गरिएको छ ।

Bizshala
New Office
CG Motors

 ११औँ महाधिवेशनपछि पदाधिकारीहरूको औपचारिक वरियताक्रम स्पष्ट नहुँदा संगठनात्मक व्यवस्थापनमा चुनौती देखिएको भन्दै यसपटक त्यसलाई संस्थागत रूपमा स्पष्ट गर्ने प्रयास गरिएको छ ।

प्रस्तावअनुसार अध्यक्ष ओलीपछि उपाध्यक्ष रामबहादुर थापा दोस्रो वरियतामा राखिएका छन् ।  

त्यसपछि अन्य उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तलाई क्रमबद्ध रूपमा स्थान दिइएको छ भने महासचिवमा शंकर पोखरेल यथावत् रहेका छन् ।

उपमहासचिव र सचिव तहमा पनि नयाँ कार्यविभाजन प्रस्ताव गरिएको छ ।  

उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई रहेका छन् भने सचिव तहमा छविलाल विश्वकर्मासहित अन्य नेताहरू समेटिएका छन् ।

प्रस्तावित संरचनाअनुसार पार्टीलाई नीति निर्माण, संगठन, पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार र अन्तर्राष्ट्रिय समन्वयजस्ता क्षेत्रगत विभागहरूमा विभाजन गरिएको छ, जसले कामलाई बढी परिणाममुखी बनाउने अपेक्षा गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

कार्यविभाजन प्रस्तावअनुसार रामबहादुर थापालाई सुशासन तथा सेवा प्रवाहसम्बन्धी जिम्मेवारी, विष्णुप्रसाद पौडेललाई संगठन समन्वय, पृथ्वीसुब्बा गुरुङलाई सामाजिक विकास, गोकर्ण विष्टलाई पूर्वाधार तथा रघुजी पन्तलाई मानव संसाधन व्यवस्थापनसम्बन्धी भूमिका दिने तयारी छ ।

महासचिव शंकर पोखरेललाई पार्टी संगठन र केन्द्रीय कार्यालय सञ्चालनको प्रमुख जिम्मेवारी दिने प्रस्ताव गरिएको छ भने अन्य पदाधिकारीहरूलाई विभिन्न विषयगत विभागको नेतृत्वमा खटाइने व्यवस्था गरिएको छ ।

पार्टीको प्रदेश तथा प्रवास संगठनहरूको नेतृत्व पनि पुनः बाँडफाँट गरिएको छ, जसअन्तर्गत विभिन्न प्रदेश इन्चार्ज र विदेशस्थित संगठनहरूको जिम्मेवारी छुट्टाछुट्टै रूपमा प्रस्ताव गरिएको छ ।

यसैबीच, पछिल्ला निर्वाचनको समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा कार्यदल गठन गर्ने प्रस्तावसमेत अघि सारिएको छ ।  

साथै महासचिव शंकर पोखरेलको संयोजकत्वमा केन्द्रीय कार्यालय कमिटी गठन गर्ने तयारी पनि गरिएको छ ।

पार्टी सचिव पद्मा अर्यालका अनुसार प्रस्तुत सूची अन्तिम होइन, केवल प्रस्ताव मात्र हो र शुक्रबारको सचिवालय बैठकले आवश्यक छलफलपछि यसलाई अन्तिम रूप दिनेछ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.