काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको पहिलो १० महिनामा भएको आयात १५ प्रतिशतले बढेको छ। यो अवधिमा कुल रु ७ खर्ब ९४ अर्ब ८७ करोडबराबरका वस्तु तथा सामग्री नेपाल भित्रिएका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १ खर्ब २ अर्ब ४४ करोड बढी हो।
भन्सार कार्यालयका अनुसार आयात वृद्धिको मुख्य कारण पेट्रोलियम पदार्थ, फलामजन्य सामग्री तथा औद्योगिक प्रयोजनका मेसिनरीको माग बढ्नु हो।
चालु आवको १० महिनामा मात्रै पाँच प्रकारका पेट्रोलियम पदार्थ रु १ खर्ब ८१ अर्ब ७० करोड बराबर आयात भएका छन्।
त्यसैगरी, फलाम तथा फलामजन्य सामग्री रु ६९ अर्ब ४२ करोड, मेसिनरी तथा पार्टपुर्जा रु ५७ अर्ब ६६ करोड र भटमासको कच्चा तेल रु ५५ अर्ब ७ करोड बराबर आयात भएको तथ्यांक छ।

