मंगलवार, जेष्ठ १२,२०८३ 12:10:23
Bizshala
  • मंगलवार, जेष्ठ १२,२०८३ 12:10:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

३० प्रतिशत क्षमतामा खुम्चिए औषधि उद्योग, सरकारसँग संरक्षणको गुहार

Laxmi Sunrise Bank Limited
३० प्रतिशत क्षमतामा खुम्चिए औषधि उद्योग, सरकारसँग संरक्षणको गुहार
Shivam Cement

काठमाण्डौैं । नेपालका स्वदेशी औषधि उत्पादकहरूले विदेशी औषधिको बढ्दो आयातका कारण देशको औषधि उद्योग गम्भीर संकटमा परेको बताएका छन् ।  

उद्योगीहरूले सरकारले तत्काल आयात नीतिमा कडाइ नगरे स्वदेशी औषधि उद्योग क्रमशः धराशायी हुने चेतावनी दिएका छन् ।

Bizshala
New Office
CG Motors

नेपाल औषधि उत्पादक सङ्घ(एपोन) का पदाधिकारीहरूका अनुसार नेपालमा करिब एक सय औषधि उद्योग दर्ता भएपनि ठूलो संख्या निष्क्रिय भइसकेका छन् ।

सञ्चालनमा रहेका उद्योगहरू पनि पूर्ण क्षमतामा चल्न नसकी ३० देखि ४० प्रतिशत उत्पादन क्षमतामा सीमित भएको उनीहरूको भनाइ छ ।

उद्योगीहरूका अनुसार भारतीय तथा अन्य विदेशी कम्पनीका औषधि नेपाली बजारमा सस्तो मूल्यमा उपलब्ध हुँदा स्वदेशी उत्पादन प्रतिस्पर्धामा कमजोर बनेका छन् ।  

विशेषगरी खुला आयात नीति र सीमित सरकारी संरक्षणका कारण नेपाली उद्योगको बजार हिस्सा खुम्चिँदै गएको दाबी उनीहरूको छ ।

उद्योगीहरूले नेपालमै उत्पादन गर्न सकिने औषधिको आयात घटाएर आवश्यक कच्चा पदार्थ मात्रै आयात गर्न दिने नीति सरकारले ल्याउनुपर्ने माग गरेका छन् ।  

उनीहरूका अनुसार अहिले तयार औषधि सहजै आयात हुने तर स्वदेशी उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ, उपकरण र प्रविधिमा उच्च लागत पर्ने अवस्था छ, जसले उत्पादन खर्च बढाएको छ ।

औषधि उत्पादकहरूले उद्योगका लागि आवश्यक मेसिनरी, प्याकेजिङ सामग्री, प्रयोगशाला उपकरण तथा नयाँ प्रविधिमा भन्सार छुट र कर सहुलियत दिनुपर्ने माग पनि गरेका छन् । 

उनीहरूका अनुसार सरकारले संरक्षणमुखी नीति नल्याए नेपालमा रहेको औषधि उत्पादन क्षमता नै खेर जाने खतरा बढेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

एपोनका पदाधिकारीहरूका अनुसार नेपालले आफ्नो कुल औषधि आवश्यकताको करिब ८० प्रतिशतसम्म स्वदेशमै उत्पादन गर्न सक्ने सम्भावना राख्छ ।  

तर, नीतिगत असहजता, विदेशी उत्पादनसँगको असमान प्रतिस्पर्धा, बैंक ब्याजदरको दबाब र सरकारी प्रोत्साहन अभावका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

उद्योगीहरूले औषधि क्षेत्रलाई ‘रणनीतिक उद्योग’ का रूपमा हेर्न सरकारसँग आग्रह गरेका छन् ।  

उनीहरूका अनुसार स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले औषधिमा विदेशी निर्भरता बढ्नु दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्छ ।  

संकट वा आपत्कालीन अवस्थामा स्वदेशी उत्पादन क्षमता कमजोर भए देशले औषधि अभावको समस्या समेत भोग्नुपर्ने उनीहरूको तर्क छ ।

उद्योगीहरूले बैंक ब्याजदरमा सहुलियत, कर प्रणालीमा सुधार, सरकारी खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता तथा नियामक निकायबाट सहजीकरण भए औषधि उद्योगलाई पुनर्जीवित गर्न सकिने बताएका छन् ।

हाल नेपालमा औषधि बजारको वार्षिक आकार करिब सात अर्ब रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ ।  

तर, त्यसको आधा हिस्सा मात्रै स्वदेशी उत्पादनले ओगटेको उद्योगीहरूको भनाइ छ ।  

बाँकी बजार विदेशी कम्पनीका उत्पादनले कब्जा गरिरहेका कारण नेपाली उद्योग अस्तित्व जोगाउने संघर्षमा पुगेको उनीहरूको निष्कर्ष छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.