मंगलवार, आश्विन २०,२०८३ 01:05:05
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 01:05:05
Bizshala
Global IME Bank Limited

बस्ती हटाउने तयारीपछि महोत्तरीको कालापानी तनावग्रस्त, प्रशासन–स्थानीयबीच वार्ता

Bizshala
बस्ती हटाउने तयारीपछि महोत्तरीको कालापानी तनावग्रस्त, प्रशासन–स्थानीयबीच वार्ता
New Office

काठमाण्डौं । बर्दिबास–३ कालापानी मा बस्ती हटाउने सरकारी तयारीविरुद्ध स्थानीयवासी आन्दोलनमा उत्रिएपछि स्थिति तनावपूर्ण बनेको छ ।

डिभिजन वन कार्यालय महोत्तरी ले बीपी राजमार्ग आसपासको बस्ती खाली गर्न सूचना जारी गरेपछि स्थानीयले सडक अवरोध गर्दै विरोध शुरु गरेका हुन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सोमबार साँझदेखि नै आन्दोलनकारीहरूले बीपी राजमार्ग अवरुद्ध गरेपछि बर्दिबास–सिन्धुली सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।  

बस्तीमा डोजर चलाउने तयारी गरिएको भन्दै स्थानीयले विरोध चर्काएका छन् ।

तनाव बढेपछि स्थानीय प्रशासन र संघर्ष समितिबीच कालापानीस्थित सामुदायिक भवनमा वार्ता शुरु गरिएको छ ।  

वार्तामा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी अधिकारीहरू, स्थानीय जनप्रतिनिधि, वन कार्यालयका कर्मचारी तथा संघर्ष समितिका प्रतिनिधिहरू सहभागी छन् ।

प्रदर्शन उग्र बनेपछि सोमबार राति स्थानीयले वन कार्यालयको एउटा गाडीमा आगजनी गरेका थिए ।  

त्यसअघि सडकमा धर्ना दिइरहेका स्थानीयलाई हटाउन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको बताइएको छ ।  

घटनामा केही प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासीका अनुसार कालापानी क्षेत्रमा करिब ३ सय परिवार वर्षौँदेखि बसोबास गर्दै आएका छन् ।

उनीहरूले आफूहरू नयाँ अतिक्रमणकारी नभई पुरानो अव्यवस्थित बस्तीका बासिन्दा भएको दाबी गरेका छन् ।  

वन कार्यालयले लालपुर्जा माग गर्दै बस्ती खाली गर्न अल्टिमेटम दिएपछि स्थानीयमा त्रास फैलिएको उनीहरूको भनाइ छ ।

स्थानीय रोशनकुमार कार्कीका अनुसार सरकारी निर्णय कार्यान्वयन भए करिब अढाई सय परिवार विस्थापित हुन सक्ने अवस्था छ ।

“हामी पुस्तौँदेखि बस्दै आएको ठाउँबाट हटाउन खोजिएको छ,” उनले बताएका छन् ।

स्थिति नियन्त्रणबाहिर जान थालेपछि बर्दिबास नगरपालिका का मेयर प्रल्हादकुमार क्षेत्रीसहितको टोली घटनास्थल पुगेको थियो ।  

प्रशासनले वार्तामार्फत समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ भने स्थानीयले स्पष्ट निर्णय नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.