काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन ८ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार वैशाख २ गते बैंकिङ प्रणालीबाट ८ अर्ब रुपैयाँ बाहिरिएको हो । वैशाख १ गते ६१ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा वैशाख २ गतेसम्म भने ६१ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ । वैशाख १ गते दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ३३ अर्ब रहेको थियो । यसरी वाणिज्य बैंकहरुको निक्षेप पनि एक दिनको अन्तरालमा ७ अर्बले घटेको छ ।
यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि २ अर्बले घट्दै ७ खर्ब १७ अर्ब रुपैयाँमा सीमित भएको छ ।
बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह पनि घटेको छ । वेशाख १ गते ५१ खर्ब १८ अर्ब रहेको कर्जा प्रवाह वैशाख २ गतेसम्म भने ६ अर्बले घटेर ५१ खर्ब १८ अर्बमा सीमित भएको छ । बैंकिङ प्रणालीको निक्षेप घटेसँगै सीडी रेसियो ८०.८० प्रतिशतबाट बढेर ८०.८२ प्रतिशत पुगेको छ । बैंकहरुको अन्तरबैंक ब्याजदर पनि ३.८२ प्रतिशतबाट घटेर ३.०१ प्रतिशतमा झरेको छ ।