मंगलवार, श्रावण १९,२०८३ 09:23:10
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:23:10
Bizshala
Global IME Bank Limited

विमानस्थल गोदामबाट लीक भयो ‘सेटिङ कार्टुन’को फोटो, चुरोट तस्करी काण्डमा नयाँ एभिडेन्स

विमानस्थल गोदामबाट लीक भयो ‘सेटिङ कार्टुन’को फोटो, चुरोट तस्करी काण्डमा नयाँ एभिडेन्स
New Office

काठमाण्डौ । Bizshala ले बिहान सार्वजनिक गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) कार्गो क्षेत्रमार्फत भइरहेको भनिएको संगठित चुरोट तस्करीसम्बन्धी समाचारपछि अब यो प्रकरणमा नयाँ र थप गम्भीर प्रमाण बाहिर आएको छ ।

Bizshala लाई प्राप्त एउटा तस्बिरले विमानस्थल कार्गो/भन्सार गोदामभित्र लामो समयदेखि रोकिएको भनिएको ‘सन्दिग्ध कार्टुन’ हरू अझै सुरक्षित रूपमा राखिएको देखाएको छ । तस्बिरमा सुन्तला र सेतो टेपले प्याक गरिएका कार्टुनहरू गोदामभित्र छुट्टै राखिएको अवस्था स्पष्ट देखिन्छ ।

यो तस्बिर सार्वजनिक भएसँगै प्रश्न झन् गम्भीर बनेको छ– यदि सामान कानुनी रूपमा क्लियर नभएको हो भने ती कार्टुनहरू एक महिनासम्म किन रोकिए ? र यदि अवैध नभएको हो भने अहिलेसम्म किन निर्यात प्रक्रिया पूरा हुन सकेन ?

सबैभन्दा चासोको विषय के छ भने, स्रोतहरूका अनुसार यही कार्टुनहरूलाई “लोकल खरिद बिल” को आधारमा चुरोट निर्यात गर्न प्रयोग गरिएको आशंका गरिएको खेपसँग जोडिएको मानिएको छ ।

यसअघि Bizshala ले प्रकाशित गरेको खोजमूलक समाचारमा फ्याक्ट्री कागजातबिना सामान्य स्थानीय बिलको आधारमा सुर्तीजन्य वस्तु विदेश पठाउने प्रयास भइरहेको दाबी गरिएको थियो । अहिले प्राप्त तस्बिरलाई त्यही उजुरीसँग जोडिएको ‘भौतिक एभिडेन्स’ का रूपमा हेरिएको छ ।

कार्गो व्यवसायसँग सम्बन्धित एक स्रोतले भने, “सामान्य कार्गो यसरी लामो समयसम्म गोदामभित्र होल्ड गरेर राखिँदैन । कुनै विशेष ‘क्लियरन्स सेटिङ’ वा अन्तिम मिलानको प्रतीक्षा नभएसम्म यस्ता कार्टुन महिनौं थन्किने अवस्था आउँदैन,” भन्यो।

तस्बिरमा देखिएको स्थान विमानस्थल कार्गो तथा भन्सार क्षेत्रभित्रकै गोदाम भएको दाबी गरिएको छ । गोदामको संरचना, सुरक्षा जाली, प्रशासनिक डेस्क र प्याक गरिएका कार्टुनको अवस्थाले पनि यो सामान्य स्टोरेजभन्दा संवेदनशील होल्डिङ एरिया जस्तो देखिएको जानकारहरू बताउँछन् ।

यो प्रकरणले अब केवल ‘उजुरी’ वा ‘आरोप’ को सीमा पार गरेर सम्भावित संगठित सेटिङतर्फ संकेत गर्न थालेको स्रोतहरूको दाबी छ ।

यदि लोकल बिलका आधारमा चुरोटजस्तो Excise Duty लाग्ने वस्तु विदेश पठाउने प्रयास भएको पुष्टि भयो भने, यसले केवल भन्सार छली मात्र होइन, अन्तर्राष्ट्रिय कार्गो सुरक्षामाथि समेत गम्भीर प्रश्न उठाउनेछ ।

विशेषगरी अष्ट्रेलिया, बेलायत र अमेरिकाले पछिल्लो समय नेपालबाट जाने कार्गोमाथि निगरानी कडा बनाइरहेका बेला यस्तो प्रकरण बाहिर आउनु नेपालकै वैधानिक निर्यात व्यवसायका लागि ठूलो धक्का हुन सक्ने जानकारहरूको भनाइ छ ।

यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ‘हेलो सरकार’ मा समेत उजुरी परेको दाबी गरिए पनि हालसम्म कुनै निकायले औपचारिक धारणा सार्वजनिक गरेका छैनन् ।

तर, Bizshala लाई प्राप्त यो नयाँ तस्बिरले एउटा गम्भीर प्रश्न फेरि उठाएको छ: -के विमानस्थल कार्गो क्षेत्र अहिले पनि ‘सेटिङ’ को भरमा चलिरहेको छ, जहाँ कानुनभन्दा पहुँच र मिलेमतो बलियो छ ?

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.