मंगलवार, श्रावण २६,२०८३ 09:40:45
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 09:40:45
Bizshala
Global IME Bank Limited

निजी स्कुलमाथि लगाइएको कर दलित विद्यार्थीको पोषण कार्यक्रममा उपयोग गरिनेछः अर्थमन्त्री

Prabhu Bank Limited
निजी स्कुलमाथि लगाइएको कर दलित विद्यार्थीको पोषण कार्यक्रममा उपयोग गरिनेछः अर्थमन्त्री
New Office

काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी शैक्षिक संस्थाहरुबाट उठाइएको समता कोषको रकम दलित बालबालिकाको पोषणका लागि उपयोग गरिने बताएका छन् । निजी शैक्षिक संस्थामाथि सरकारले भारी कर बढाएको भन्ने आलोचनाबारे बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्  ।

आगामी आवको बजेटबारे अर्थमन्त्रालयमा आज आयोजित पत्रबार सम्मेलनमा अर्थमन्त्रीले बजेटमा २५ वटा अति गरिब र मानव विकास सूचकांकमा धेरै पछाडि परेका बालबालिकालाई दिदै आएको पोषण भत्तालाई यथावत राखिएको र त्यसको दायित्व ६ अर्ब ५२ करोड रुपैयाँ रहेको बताए । ‘यस वर्ष देशै भरका ३ लाख १३ हजार ७५३ दलित बालबालिकालाई पोषण भत्ता दोब्बर गरेका छौं । यसले हाम्रो दायित्व झण्डै ८ अर्ब नाघेको छ । एउटा सामान्य निजी स्कुलमा २ हजार रुपैयाँ मासिक शुल्क तिरेर पढ्ने बालबालिकाले ३ प्रतिशतका दरले समानता कोषमा तिर्नुपर्ने जम्मा ६० रुपैयाँ तिर्नुपर्छ र त्यो पैसा जाजरकोट र दैलेख जस्ता सरकारी वा सामुदायिक विद्यालयमा अध्यनरत दलित विद्यार्थीको पोषणका लागि उपयोग हुन्छ । महङ्गा स्कुलमा पढ्नेले त्यहि अनुसारको शुल्क तिर्नुपर्छ ।’

यसरी उठाइएको समता कोषको रकम सिधै दलित बालबालिकाको पोषण कार्यक्रममा जाने अर्थमन्त्रीले स्पष्ट पारे । ‘मध्यम वर्गको ढाड सेक्नेगरी वाग्लेले कर लगायो भन्नुभन्दा तपाईको सानो योगदानले निजी र सामुदायिक विद्यालयको दुरी घट्दैछ भन्ने गरी प्रचार गरौँ,’ उनले भने ।      

  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X