आईतवार, फाल्गुन ११,२०८१ 11:25:35
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:25:35
IME remit
Global IME Bank Limited

यी हुन् सस्ता ११ वाणिज्य बैंक, कुनको वितरणयोग्य मुनाफा कति ?

Hyundai Nepal
यी हुन् सस्ता ११ वाणिज्य बैंक, कुनको वितरणयोग्य मुनाफा कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १९ वटा वाणिज्य बैंक सूचीकृत छन् । १९ मध्ये ११ वटा बैंकको सेयरमूल्य अंकित मूल्यकै हाराहारीमा छन् ।  

नेप्सेमा सूचीकृत अन्य कम्पनीहरुको तुलनामा कमर्सियल बैंकहरुको सेयरमाउ निकै सस्तो छ । धितोपत्र बजार पुँजीकरणमा वाणिज्य बैंकहरुको हिस्सा धेरै हुँदा सेयरभाउ भने सस्तिदै गएको छ ।  

करिब एक दर्जन वाणिज्य बैंकको सेयरभाउ अंकित मूल्यकै हाराहारीमा छ । पछिल्लो समय घट्दो अवस्थामा रहेको बैंकहरुको सेयरमूल्य र बैंकहरुले घटाउँदै आएको लाभांशदरका कारण वाणिज्य बैंकहरुमा सेयर लगानीकर्ताहरुको आकर्षण घट्दो अवस्थामा छ ।  

बजारमा अल्पकालिन लगानीकर्ता हाबी हुँदा वाणिज्य बैंकहरुको सेयर छायाँमा पर्न गएको देखिन्छ । तर पुराना तथा दीर्घकालिन लगानीकर्ताहरु भने कमर्सियल बैंकको सेयरमा लगानी गर्दा जोखिम कम हुने बताउँछन् । लामो समयको लागि लगानी गर्दा जोखिम कम हुने र रिटर्न पाउने ग्यारेन्टी समेत हुने लगानीकर्ताहरु बताउँछन् ।  

दोस्रो बजारमा ११ वटा वाणिज्य बैंकको सेयरभाउ आईपीओकै मूल्य अर्थात् सय डेढसयको हाराहारीमा छ । घट्दो अवस्थामा रहेको वाणिज्य बैंकहरुको सेयरमा लगानी गर्न उचित समय हुन सक्ने बजार जानकारहरु बताउँछन् ।  

सेयरभाउ कम भएका वाणिज्य बैंकहरुमा कुमारी बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराईज, प्रभु, एनएमबी, ग्लोबल आइएमई, हिमालयन, माछापुच्छ्रे, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।  

यी कम सेयरमूल्य रहेका करिब एक दर्जन वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा तुलनात्मक अध्ययन गरेका छौं । तर यो अध्ययन कुनै पनि बैंकको सेयर खरिद गर्न सिफारिस भने होइन ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

खुद नाफाको आधारमा  

चालु आवको तेस्रो त्रैमाससम्ममा सबैभन्दा बढी मुनाफा ग्लोबल आइएमई बैंकले आर्जन गरेको छ । बैंकले सो अवधिसम्म ३ अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । नाफाको आधारमा बैंकहरुले सेयरधनीलाई कति नाफा बाँड्न सक्छन् भन्ने तय हुन्छ ।  

वितरणयोग्य नाफाको आधारमा  

बैंकहरुले प्रत्येक त्रैमासिक अवधिमा वितरणयोग्य मुनाफा छुट्याएका हुन्छन् । तेस्रो त्रैमाससम्म तीनवटा बैंकको वितरणयोग्य मुनाफा मात्रै धनात्मक अवस्थामा छ । बाँकी ८ वटा बैंकको यस्तो सूचक ऋणात्मक अवस्थामा छ । धनात्मक अवस्थामा रहेको तीन बैंकमध्ये सर्वाधिक प्राइम कमर्सियल बैंकले ३१ करोड ३३ लाख रुपैयाँ वितरण गर्नका लागि छुट्याएको छ ।  

रिजर्भको आधारमा  

बैंकहरुले प्रत्येक त्रैमाससमा आर्जन गरेको आम्दानीको केही प्रतिशत रकम रिजर्भमा सञ्चित गर्नुपर्ने हुन्छ । भविष्यमा खर्च गर्न अर्थात् कर्मचारी, सेयरधनी वा अन्य प्रयोजनका लागि बैंकहरुले रिजर्भ फण्डमा रकम सञ्चित गरेको हुन्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २९ अर्ब ८४ करोड रुपैयाँ रिजर्भमा राखेको छ ।  

खुद ब्याज आम्दानीको आधारमा  

बैंकहरुको मुख्य आम्दानीको स्रोत भनेको ब्याज आम्दानी हो । विभिन्न क्षेत्रमा कर्जा लगानी गरी बैंकहरुले ब्याज आम्दानी गरेका हुन्छन् । ब्याज आम्दानीबाटै बैंकहरुको नाफा मापन हुन्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा बढी खुद ब्याज आम्दानी गर्ने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले १३ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  

एनपीएलको आधारमा  

बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) जति धेरै भयो उति नै जोखिम बढ्दै जान्छ । कमर्सियल बैंकहरुको एनपीएल ५ प्रतिशतभन्दा माथि गएमा जोखिम अवस्थामा पुगेको मानिन्छ । जति थोरै एनपीएल उति धेरै आम्दानी हुने र जोखिम पनि कम हुन सक्ने अवस्था सिर्जना हुन सक्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा थोरै एनपीएल एनएमबी बैंकको २।८६ प्रतिशत छ । सबैभन्दा धेरै लक्ष्मी सनराइजको ५.४९ प्रतिशत छ ।  

ईपीएसका आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस० कति छ बुझ्न जरुरी हुन्छ । कर पछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै ईपीएस प्राइम कमर्सियल बैंकको १९.७८ रुपैयाँ छ ।  

नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि बैंकहरुको लागि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । दायित्व बढ्दै जाँदा कम्पनीको नाफामा संकुचन आउन सक्ने सम्भावना हुन्छ । चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी नेटवर्थ नेपाल बैंकको २४६.४२ रुपैयाँ छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो) सूचक सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । तेस्रो त्रैमाससम्म सबैभन्दा थोरै पीई प्राइम कमर्सियल बैंकको ९।६० छ ।

तरलता अनुपातको आधारमा  

तरलता अनुपात सूचकले बैंकहरुसँग कर्जा प्रवाह गर्न सक्ने क्षमतालाई जनाउँछ । तरलता अनुपात धेरै भएको अवस्थामा बैंकहरुमा कर्जा प्रवाह धेरै भएको अवस्थालाई जनाउँछ । तेस्रो त्रैमाससम्म सबैभन्दा धेरै तरलता अनुपात नेपाल बैंकको ३३.८३ छ ।  

अधिकतम सेयरभाउको आधारमा  

उक्त वाणिज्य बैंकहरुमध्ये जुनकुनै बैंकको सेयरमा लगानी गर्नुअघि लगानीकर्ताले सो कम्पनीको सेयरभाउ अधिकतम कतिसम्म पुगेको छ त्यो थाहा पाउनुपर्दछ । अधिकतम भाउ र अन्तिम सेयरभाउ कति छ त्यसैको आधारमा आफुले कतिसम्म लगानी गर्ने त्यो विश्लेषण गर्नुपर्ने हुन्छ । नेप्सेको ५२ हप्ताको फ्लोरसिटअनुसार सबैभन्दा बढी सेयरभाउ माछापुच्छ्रे बैंकको २८३ रुपैयाँसम्म पुगेको छ । 

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.