काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफामा ३३.०८ प्रतिशतको गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८७ लाख २४ कजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले बढेर ६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी २२.४४ प्रतिशतले घटेर ३ करोड २६ लाख रुपैयाँमा सीििमत बनेको छ । समीक्षा अवधिसम्म बैंकको कर्मचारी खर्च १ करोड १९ लाख र अन्य सञ्चालन खर्च ६६ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
बैंकको रिटेन्ड अर्निङ ५ करोड ११ लाख रुपैयाँबाट घटेर ३ करोड ५१ लाख रुपैयाँमा सीमित बनेको छ ।
त्यस्तै बैंकको रिजर्भको आकार भने वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १६ करोड ५ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर १७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । १ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
इम्पेयरमेन्ट चार्जका लागि ३ करोड ६१ लाख रुपैयाँ छुट्टाएको बैंकको खराब बर्जा अनुपात ४.१८ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१.६६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४४.६७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२९.०८ रुपैयाँ,मूल्य आम्दानी अनुपात २५९.७७ गुणा र तरलता अनुपात ६१.८९ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी अघिल्लो आवमा २.६१ रुपैयाँ थियो ।