शनिबार, असार १३,२०८३ 12:46:46
Bizshala
  • शनिबार, असार १३,२०८३ 12:46:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एभरेष्ट कलरको आईपीओमा पहिलो दिनमै १३ गुणा बढी आवेदन

Laxmi Sunrise Bank Limited
एभरेष्ट कलरको आईपीओमा पहिलो दिनमै १३ गुणा बढी आवेदन

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडको आईपीओमा पहिलो दिनमै १३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आइपीओमा ७ लाख ७० हजार २८६ जनाले आवेदन दिएका छन् ।  

कम्पनीको आइपीओमा कुल ८५ करोड २३ लाख ३४ हजार रुपैयाँ बराबरको ८५ लाख २३ हजार ३४० कित्ताका लागि आवेदन परेको छ ।  

कम्पनीले आजदेखि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर सर्वसाधारणमा जारी गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले पहिलो चरणअन्तर्गत गत वैशाख १६ गतेदेखि  २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ बाँडफाँड गरिसकेपश्चात कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारणमा आईपीओ खुलाएको हो ।

कम्पनीले ३९ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि र १५ हजार ८ सय कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि छुट्टाएको छ । लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ५ गते हुनेछ ।

लगानीकर्ताले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् ।

साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।  कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.