शनिबार, असार १३,२०८३ 12:43:55
Bizshala
  • शनिबार, असार १३,२०८३ 12:43:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको माइतीघरमा विरोध प्रदर्शन

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको माइतीघरमा विरोध प्रदर्शन

काठमाण्डौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको विरोध गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ।

शनिबार माइतीघर मण्डलामा आयोजित खबरदारी सभामार्फत पार्टीले प्रधानमन्त्रीको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै सडकमा उत्रिएर विरोध जनाएको हो।

New Office
CG Motors
Garima Development Bank

प्रधानमन्त्री शाहले संसदमा बोल्दै “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए।  

उक्त भनाइ सार्वजनिक भएपछि विभिन्न राजनीतिक दल, नागरिक समाज र सामाजिक सञ्जालमा यसको पक्ष–विपक्षमा तीव्र बहस भइरहेको छ।  

सोही पृष्ठभूमिमा श्रम संस्कृति पार्टीले सडक प्रदर्शनमार्फत असन्तुष्टि व्यक्त गरेको हो।

माइतीघर मण्डलामा भएको विरोधसभामा सहभागीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति ऐतिहासिक तथ्य र कूटनीतिक संवेदनशीलतासँग मेल नखाने भन्दै आपत्ति जनाएका थिए। 

उनीहरूले राष्ट्रिय सीमा र सार्वभौमसत्ता जस्ता संवेदनशील विषयमा जिम्मेवार नेतृत्वले पुष्टि नभएका वा विवादित अभिव्यक्ति दिन नहुने बताएका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रदर्शनकारीहरूले “नेपाली माटोको रक्षा गर”, “राष्ट्रको स्वाभिमान जोगाऊ”, “संसदमा दिएको अभिव्यक्ति फिर्ता गर”, “गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौँ” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।  

उनीहरूले यस्तो अभिव्यक्तिले जनमानसमा भ्रम सिर्जना गर्ने र राष्ट्रिय भावना कमजोर पार्ने जोखिम रहेको टिप्पणी गरे।

उनीहरूले सिंहदरबारमा बसेर देशको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा रहेका नेताहरूले बोल्दा अत्यन्तै संवेदनशील र प्रमाणित विषयमा मात्र धारणा राख्नुपर्नेमा जोड दिए।  

साथै, कूटनीतिक सम्बन्ध र सीमा मामिलामा स्पष्ट, सन्तुलित र राष्ट्रिय हितअनुकूल नीति आवश्यक रहेको उनीहरूको भनाइ थियो।

प्रदर्शनमा सहभागीहरूले नेपालको कूटनीतिक अडान मजबुत हुनुपर्ने, सीमा विवादजस्ता विषयमा राज्यको आधिकारिक धारणा मात्रै प्रस्तुत हुनुपर्ने र राजनीतिक अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा गलत सन्देश जान नदिनुपर्ने धारणा व्यक्त गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.