आईतवार, श्रावण ३१,२०८३ 12:58:34
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 12:58:34
Bizshala
Global IME Bank Limited

नेक्सजेन म्यानेजमेन्टको ‘योंग इनोभेटर्स मिट’ सम्पन्न

Prabhu Bank Limited
नेक्सजेन म्यानेजमेन्टको ‘योंग इनोभेटर्स मिट’ सम्पन्न
New Office

काठमाण्डौ । नेक्सजेन म्यानेजमेन्टले काठमाण्डौमा ‘योंग इनोभेटर्स मिट’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नयाँ बानेश्वरको आनन्दभुमि बिजनेस सेन्टरमा शनिबार आयोजना गरिएको हो । स्टार्ट अप व्वसाय गरिरहेका र नयाँ गर्न चाहने युवाहरूलाई प्रोत्साहित गर्न नेक्सजेनले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।  

कार्यक्रममा सहभागिहरूको स्वागत नेक्सजेनका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए । ‘देशमा कामको प्रशस्त अवसर भएर पनि उचित जानकारीको अभावमा युवाहरू निराश भएर विदेश पलायन हुँदैछन् । सहयोगी संस्थाहरू र काम गर्न चाहने युवाहरू बिच सहजीकरण गर्न यस कार्यक्रमको आयोजना गरिएको हो । ’अध्यक्ष भट्टराईले भने ।  

उनले यस्ता कार्यक्रम काठमाण्डौ लगायत देशका अन्य स्थानमा पनि निरन्तर गरिने बताए ।  

CG Motors

स्टार्ट अप इनोभेसन एण्ड इन्कयुवेसन सेन्टरका अध्यक्ष डा. शम्भु पोखरेलले आर्थिक मन्दिको यस्तो प्रतिकुल अवस्थामा नेक्सजेन म्यानेजमेन्टले प्रशंशनिय कार्य गरेको बताए । उनले स्टार्ट अप ब्यवसाय गर्न चाहनेलाई सेन्टरले सहयोग गर्ने विश्वास दिलाए । कार्यक्रममा विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत वसन्त लम्सालले लघु वित्तिय संस्थाको तर्फबाट स्टार्ट अप व्यवसाय गर्न चाहनेलाई वित्तिय श्रोतको व्यवस्था गर्न सकिने जानकारी दिए ।  

कार्यक्रमका प्रमुख अतिथिको कृषि विकास बैंक र नेपाल बैंकका पुर्व कार्यकारी प्रमुख देवेन्द्र प्रताप शाहले युवाहरू अघि नबढि देश नबन्ने बताए । उनीहरुले युवाहरूले नयाँनयाँ कामको संभावना खोजि गरेर अघि बढ्नुपर्ने र नेक्सजेन म्यानेजमेन्ट जस्तो संस्थासँग सहकार्य गरि काम गर्दा सफल हुन सकिने विश्वास व्यक्त गरे ।  

योंग इनोभेटर्स मिट कार्यक्रमको अध्यक्षता ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यले गरेका थिए । उक्त कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्दै उनले बैंकहरूले जनताको निक्षेप बाट लगानी गर्नुपर्ने र संभावना भएको र कर्जा तिर्न सक्ने क्षमता भएको उद्योग व्यवसायमा मात्र लगानी गर्न सकिने जानकारी गराए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.