शुक्रबार, कार्तिक ६,२०८३ 01:03:18
  • शुक्रबार, कार्तिक ६,२०८३ 01:03:18
Global IME Bank Limited

२५ आवश्यक सेवामा हडताल निषेध

Bizshala
२५ आवश्यक सेवामा हडताल निषेध
New Office

काठमाण्डौ । सरकारले २५ प्रकारका आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ। गृह मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३(१) बमोजिम प्राप्त अधिकार प्रयोग गर्दै उक्त निर्णय नेपाल राजपत्रमार्फत सार्वजनिक गरेको हो।

यस सम्बन्धी गृह मन्त्रालयद्वारा जेठ २५ गते राजपत्रमा सूचना प्रकाशित गरेको छ ।

हडताल निषेध गरिएका प्रमुख सेवाहरूः

१. डाँक, तरा वा टेलिफोन सेवा

२. जल, स्थल वा हवाईजहाज मार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा

३. हवाई अड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा

४. हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान

ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा

५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

६. हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा

७. सञ्चार सेवा

८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

९. खानेपानीको सञ्चालन तथा वितरण सेवा

१०. पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा

११. पेट्रोलियम पदार्थ ९एलपी ग्यास समेत०को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्सजस्ता सेवाहरू)

१३. औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

१४. फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलनस्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा

१५. बैंकिङ सेवा

१६. बीमा सेवा

१७. विद्युत् सेवा

१८. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेलं)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा

१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा

२०. मास्कसम्बन्धी सेवा

२१. ह्यान्ड स्यानिटाइजरसम्बन्धी सेवा

२२. भेटेरिनरी सेवा

२३. कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा

२४. राहदानी विभागबाट प्रदान हुने सेवा

२५. इन्टरनेट सेवा ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.