काठमाण्डौ । बुधबार सेयरबजारमा ४ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा एप्पल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र नबिल स्टक डिलर रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, अग्रवाल सेक्युरिटिज र सनराईज सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज ६३ करोड २९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.१२ प्रतिशत सेयर खरिद भएको छ भने ५०.८८ प्रतिशत सेयर बिक्री भएको छ ।


