बुधबार, श्रावण ६,२०८३ 05:46:05
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 05:46:05
Bizshala
Global IME Bank Limited

५०९ जना प्रहरी इन्स्पेक्टरको एकैपटक सरुवा

५०९ जना प्रहरी इन्स्पेक्टरको एकैपटक सरुवा
New Office

काठमाण्डौ । नेपाल प्रहरीले एकैपटक ५०९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागले जारी गरेको निर्णयअनुसार विभिन्न जिल्लास्थित प्रहरी कार्यालय, ट्राफिक इकाइ, प्रहरी प्रभाग तथा केन्द्रीय विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूको जिम्मेवारी परिवर्तन गरिएको हो।

विभागका अनुसार सरुवा भएका अधिकारीहरूले आगामी असार महिनादेखिको तलब तथा भत्ता नयाँ दरबन्दीबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ।

नेपाल प्रहरीको नियमित प्रशासनिक प्रक्रियाअन्तर्गत गरिएको यस निर्णयलाई संगठनभित्र जनशक्तिको सन्तुलित परिचालन र कार्यक्षमता अभिवृद्धिको प्रयासका रूपमा हेरिएको छ। सरुवामार्फत जिल्लास्तरदेखि केन्द्रीय कार्यालयसम्म नेतृत्व र जिम्मेवारीको पुनर्वितरण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले आवश्यकता, कार्यसम्पादन मूल्यांकन तथा संगठनात्मक मागका आधारमा सरुवा गरिएको जनाएको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.