काठमाण्डौ । काठमाण्डौमा शनिबार सम्पन्न नेपाल रिकन्डिसन अटो व्यवसायी संघको तेस्रो राष्ट्रिय अधिवेशन तथा नवौँ–दशौँ वार्षिक साधारणसभाबाट प्रवीण लामिछाने सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा प्रदीप राना मगर, महासचिवमा कुमारी बोगटी, सचिवमा डुक्पा घले तथा कोषाध्यक्षमा मनिषराज पाण्डे चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा देवेन्द्रकुमार श्रेष्ठ, सहर्देव ढुङ्गाना, टोपबहादुर पौडेल, केशव निरौला, नवराज बिडारी, विकास श्रेष्ठ, तीर्थबहादुर बुढाथोकी र सुरजप्रसाद नेपाल निर्वाचित भएका छन्।
अधिवेशन संघका निवर्तमान अध्यक्ष रमेश कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जयराम थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। साथै प्रयास कार्की, रुद्र ढुङ्गेल लगायतले अटो व्यवसाय क्षेत्रको विकास, व्यवसायिक अनुशासन र उपभोक्ता विश्वास अभिवृद्धिका विषयमा धारणा राखेका थिए।
अधिवेशनकै अवसरमा पत्रकारिता क्षेत्रमार्फत अटोमोबाइल तथा रिकन्डिसन अटो व्यवसायको प्रवर्द्धन र जनचेतना अभिवृद्धिमा योगदान पुर्याएको भन्दै कमला भण्डारीलाई ‘नेपाल रिकन्डिसन अटो व्यवसायी संघ पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको थियो। पुरस्कारअन्तर्गत नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको संघले जनाएको छ।

