मंगलवार, श्रावण ५,२०८३ 12:08:11
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 12:08:11
Bizshala
Global IME Bank Limited

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल असार १ देखि, मन्त्रीहरूले ३–४ गते जवाफ दिने

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल असार १ देखि, मन्त्रीहरूले ३–४ गते जवाफ दिने
New Office

काठमाण्डौ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत बजेट शीर्षकमाथि असार १ र २ गते विस्तृत छलफल हुने भएको छ।  

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यक्रम तय गरिएको छ।

कार्यतालिकाअनुसार असार १ गते युवा तथा खेलकुद, उद्योग, कृषि, वन तथा वातावरण, शिक्षा, स्वास्थ्य, भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन, महिला, बालबालिका तथा सामाजिक सुरक्षा लगायत मन्त्रालयहरूको बजेटमाथि छलफल हुनेछ।

त्यसैगरी असार २ गते गृह, अर्थ, ऊर्जा, परराष्ट्र, रक्षा, पूर्वाधार विकास, कानून, विज्ञान तथा प्रविधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयसहितका निकायहरूको बजेट शीर्षकमाथि छलफल हुने तय गरिएको छ।

सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा असार ३ गते पहिलो दिन छलफल भएका मन्त्रालयका मन्त्रीहरूले जवाफ दिनेछन् भने असार ४ गते दोस्रो दिनका मन्त्रालयका मन्त्रीहरूले सम्बोधन गर्नेछन्।

यसअघि सरकारले जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा बजेटमाथिको सामान्य छलफल भने यसअघि नै सम्पन्न भइसकेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.