मंगलवार, भाद्र ९,२०८३ 05:17:31
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 05:17:31
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विपन्न विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले  शारदा माध्यामिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु विपन्न परिवारबाट रहेका र उनिहरुको आर्थिक अवस्था सबल नभएको कारण ती विद्यार्थीहरुको पठनपाठनमा आउने कठिनाईहरुमा केही सहजता होस् भन्ने हेतुले बैंकले विद्यालय पोशाक प्रदान गरेको जनाएको छ ।  

विद्यालयमा आज आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप विद्यार्थीहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले विद्यार्थीहरु देशको भविष्यका कर्णधार भएका र उनीहरुलाई सानो भएपनि सहयोग गर्न पाउँदा आफुलाई धेरै खुशी महशुस भएको बताए ।  

Bizshala
CG Motors

संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ । 

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X