बिहीबार, कार्तिक १२,२०८३ 07:54:35
  • बिहीबार, कार्तिक १२,२०८३ 07:54:35
Global IME Bank Limited

समस्याग्रस्त सहकारीबाट जेठमा १ करोड २० लाख ऋण असुली, ५९ लाख बचत फिर्ता

Bizshala
समस्याग्रस्त सहकारीबाट जेठमा १ करोड २० लाख ऋण असुली, ५९ लाख बचत फिर्ता
New Office

काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा कर्जा असुली र बचत फिर्ता दुवैमा प्रगति गरेको छ।  

समितिका अनुसार एक महिनाको अवधिमा १ करोड २० लाख रुपैयाँ ऋण असुली गर्दै ५९ लाख रुपैयाँ बचतकर्तालाई फिर्ता गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

समितिले जेठ महिनामा १० हजार रुपैयाँभन्दा कम बचत भएका ८ वटा सहकारीका १ हजार ४५२ जना साना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ।

यस क्रममा ५९ लाख ४ हजार रुपैयाँ बचत फिर्ता गरिएको हो।

त्यसैगरी १२ वटा सहकारीका ऋणीबाट १ करोड २० लाख ४६ हजार रुपैयाँ ऋण असुली गरिएको तथा १२२ जनाको ५१ लाख ५१ हजार रुपैयाँ बचत मिलान गरिएको समितिले जनाएको छ।

समितिले बचत फिर्ता, ऋण असुली तथा सम्पत्ति व्यवस्थापन कार्यविधि २०८३ अनुसार काम अघि बढाइरहेको छ।  

Garima Development Bank
Bizshala
IME remit

साथै सहकारी पुनर्संरचना तथा व्यवस्थापन कार्य पनि नयाँ कार्यविधिअनुसार सञ्चालन भइरहेको बताइएको छ।

हाल करिब ४४ हजार बचत दाबी निवेदन प्रमाणीकरणको चरणमा रहेको र साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया क्रमशः अघि बढिरहेको समितिले जनाएको छ।

समस्याग्रस्त सहकारीका ऋणी पहिचान, सम्पत्ति रोक्का तथा तीनपुस्ते विवरण संकलन कार्यसमेत नियमित रूपमा भइरहेको छ।  

साथै अपचलनमा संलग्न सञ्चालक तथा व्यवस्थापकहरूको सम्पत्ति खोजीका लागि विशेष टोली परिचालन गरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.