काठमाण्डौ । मंगलबार ४ अबै ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा सन सेक्युरिटिज, ओपल सेक्युरिटिज, सनि सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, नबिल स्टक डिलर, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, लिन्च स्टक मार्केट र भिजन सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज ५८ करोड ७१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.६७ प्रतिशत सेयर खरिद र ५०.३३ प्रतिशत सेयर बिक्री भएको छ ।


