काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडको वार्षिक साधारण सभा यही असार ३२ गते बस्ने भएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सभा शुरु गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्ग गरेको आर्थिक सहयोगलाई अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यससम्बन्धमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै सभामा गत आवका वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरण पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैठकले असार १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असार १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

