शनिबार, असार १४,२०८२ 08:01:58
  • शनिबार, असार १४,२०८२ 08:01:58
Global IME Bank Limited

भिजिट भिसामा विदेश जान लागेका १०० जनाभन्दा बढी विमानस्थलबाट फिर्ता

Hyundai Nepal
भिजिट भिसामा विदेश जान लागेका १०० जनाभन्दा बढी विमानस्थलबाट फिर्ता
Nabil Bank Limited

काठमाण्डौ । भिजिट भिसाको नाममा मानव तस्करी तीव्र भएको प्रमाणहरु फेला परेपछि त्यसलाई रोक्न सक्रिय अध्यागमन विभागले १०० जनाभन्दा बढीलाई विमानस्थलबाट फिर्ता पठाएको छ ।  

भिजिट भिसामा कतार, दुबई, ओमान, बहराइन लगायतका देश जान लागेका १०० जनाभन्दा बढीलाई मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको त्यहाँस्थित अध्यागमन कार्यालयले जनाएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो २४ घण्टामा १०० जनाभन्दा बढीलाई फिर्ता पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताएका छन् ।  

अध्यागमन विभागले मंगलबार नै भिजिट भिसामा जानेहरुका लागि विशेष सूचना जारी गरेको थियो । त्यसमा भिजिट भिसा जान चाहनेहरुले पूरा गर्नुपर्ने प्रक्रिया र बोक्नुपर्ने कागजातको विषयमा प्रष्ट पारिएको थियो । सोही व्यवस्थाअनुसार भिजिटको उद्देश्य पुष्टि नभएका र कागजात नपुगेका यात्रुलाई विदेशबाट जानबाट रोकेर घर फिर्ता पठाइएको हमालले दाबी गरे ।

उनका अनुसार बुधबार पनि कागज नपुगेकाहरुलाई घर पठाउने क्रमलाई निरन्तरता पाएको छ । बुधबार रातिसम्म कतिजनालाई फिर्ता पठाइन्छ भन्ने विषयको आँकडा मध्यरातिसम्म दिने उनको भनाई छ ।  

पछिल्लो समय भिजिट भिसा भन्दै विभिन्न गन्तव्यमा नेपालीहरुलाई पठाउने दलालहरु सक्रिय रहेका पाइएको छ । दलालहरुले अध्यागमनका कर्मचारीसँग समेत मिलेमतो गरी मानव तस्करी गर्ने गरेको र भिजिट भिसामा गएकाहरु पुगेको देशमै बस्ने गर्दा कानूनी प्रक्रिया नमिलेर बिचल्लीमा पर्न थालेका खबरहरु बाहिर आएपछि सरकारको निर्देशनमा अध्यागमनले कडाईँ गर्न थालेको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.