काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बैठक अहिले सिंहदरबारस्थित कार्यालयमा जारी छ।
प्रधानमन्त्री शाहको निजी सचिवालयले बैठक शुरु भएको पुष्टि गर्दै समसामयिक सरकारी एजेन्डामाथि छलफल भइरहेको जनाएको छ।
बैठकमा सरकारका नियमित प्रशासनिक विषयसँगै नीति तथा निर्णयसम्बन्धी विभिन्न प्रस्तावहरूमा छलफल हुने अपेक्षा गरिएको छ।
यद्यपि, छलफलका विस्तृत एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

