शनिबार, आश्विन ३,२०८३ 06:46:22
Bizshala
  • शनिबार, आश्विन ३,२०८३ 06:46:22
Bizshala
Global IME Bank Limited

ह्वाट्सएपमा अब फोन नम्बर नभई प्रयोगकर्ताको नामबाट सम्पर्क गर्न सकिने

ह्वाट्सएपमा अब फोन नम्बर नभई प्रयोगकर्ताको नामबाट सम्पर्क गर्न सकिने
New Office

काठमाण्डौ। मेटा स्वामित्वको सन्देश आदान–प्रदान प्लेटफर्म ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयता थप सुदृढ बनाउन फोन नम्बरको सट्टा युजरनेम (प्रयोगकर्ता नाम) मार्फत सम्पर्क गर्न सकिने नयाँ सुविधा सार्वजनिक गर्ने भएको छ। कम्पनीले सोमबार उक्त सुविधाअन्तर्गत प्रयोगकर्ताले युजरनेम अग्रिम सुरक्षित (रिजर्भ) गर्न सक्ने व्यवस्था सुरु गरेको जनाएको छ। पूर्ण रूपमा यो सुविधा आगामी केही महिनाभित्र क्रमिक रूपमा विश्वभर विस्तार गरिने कम्पनीले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले चाहेको अवस्थामा आफ्नो फोन नम्बर सार्वजनिक नगरी केवल युजरनेममार्फत नयाँ व्यक्तिसँग सम्पर्क गर्न वा सम्पर्क प्राप्त गर्न सक्नेछन्। व्हाट्सएपका अनुसार यो सुविधा प्रयोगकर्ताको गोपनीयतालाई केन्द्रमा राखेर विकास गरिएको हो।

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले युजरनेमको कुनै सार्वजनिक निर्देशिका वा स्वतः अटो–कम्प्लिट प्रणाली नहुने स्पष्ट पारेको छ। त्यसैले कसैसँग पहिलो पटक सम्पर्क गर्न चाहने व्यक्तिले सम्बन्धित प्रयोगकर्ताको ठ्याक्कै युजरनेम थाहा पाउनुपर्नेछ।

ह्वाट्सएपकी उत्पादन उपाध्यक्ष एलिस न्युटन–रेक्सका अनुसार, यो सुविधा प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिँदै तयार गरिएको हो। नयाँ व्यक्तिले सम्पर्क गर्नका लागि तपाईंको सही युजरनेम थाहा हुनु आवश्यक हुनेछ।

हालसम्म ह्वाट्सएपमा नयाँ व्यक्तिसँग सम्पर्क गर्न फोन नम्बर अनिवार्य थियो। नयाँ अपडेटसँगै प्रयोगकर्ताले आफ्नो व्यक्तिगत नम्बर साझा नगरी सुरक्षित रूपमा संवाद गर्न सक्ने अपेक्षा गरिएको छ।

Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार युजरनेम ३ देखि ३५ अक्षरसम्मको हुनुपर्नेछ। साथै, चर्चित व्यक्तित्व, सरकारी निकाय तथा प्रतिष्ठित संस्थाका नाम दुरुपयोग हुन नदिन केही युजरनेम कम्पनीले सुरक्षित राख्नेछ। फेसबुक र इन्स्टाग्राममा प्रमाणित खाता भएका कम्पनी, संस्था तथा कन्टेन्ट सिर्जनाकर्ताले आफ्नै ब्रान्डसँग मिल्ने युजरनेम दाबी गर्ने अवसर पनि पाउनेछन्।

विश्वभर तीन अर्बभन्दा बढी प्रयोगकर्ता रहेको व्हाट्सएपको यो अपडेटलाई प्रयोगकर्ताको गोपनीयता र डिजिटल सुरक्षामा महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.