बिहीबार, श्रावण १४,२०८३ 09:56:43
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 09:56:43
Bizshala
Global IME Bank Limited

खाद्य स्वच्छता र गुणस्तरमा कडाइ गर्न गृह मन्त्रालयको विशेष निर्देशन

खाद्य स्वच्छता र गुणस्तरमा कडाइ गर्न गृह मन्त्रालयको विशेष निर्देशन
New Office

काठमाण्डौ । देशभरका होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता कमजोर भएको सम्बन्धी जनगुनासो बढेपछि गृह मन्त्रालयले बजार अनुगमनलाई कडाइका साथ अघि बढाउन विशेष निर्देशन जारी गरेको छ।

मन्त्रालयले सिंहदरबारमार्फत सबै जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई सम्बोधन गर्दै नागरिकको स्वास्थ्य सुरक्षा, उपभोक्ता अधिकारको संरक्षण तथा प्रशासनिक जवाफदेहितालाई प्राथमिकतामा राख्न निर्देशन दिएको हो।

निर्देशनमा होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र खाद्य स्वच्छतामाथि नियमित, सघन तथा आकस्मिक अनुगमन गर्नुपर्ने उल्लेख छ। अनुगमनलाई केवल औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउन जोड दिइएको छ।

त्यसैगरी, नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वा प्रचलित कानुनको उल्लङ्घन गर्ने कुनै पनि गतिविधि भेटिएमा सम्बन्धित पक्षमाथि कडा कानुनी कारबाही गर्न मन्त्रालयले स्पष्ट निर्देशन दिएको छ।

स्थानीय स्तरमा उठ्ने गुनासा र समस्या जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा तत्काल समाधान गर्ने व्यवस्था मिलाइने पनि मन्त्रालयले जनाएको छ। यसले नागरिकलाई साना समस्याका लागि समेत केन्द्र वा मन्त्रालयसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्ने अपेक्षा गरिएको छ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूको कार्यसम्पादन प्रत्यक्ष रूपमा निगरानी गर्ने उल्लेख गर्दै जिम्मेवारीमा कुनै पनि प्रकारको लापरबाही वा उदासीनता स्वीकार्य नहुने चेतावनी दिएको छ।

साथै, अस्वच्छ वा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन, बिक्री वा वितरण भएको देखिएमा नागरिकलाई तत्काल सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा हटलाइनमार्फत जानकारी गराउन समेत आग्रह गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.