मंगलवार, श्रावण ५,२०८३ 11:12:04
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:12:04
Bizshala
Global IME Bank Limited

आईएमई लाइफलाई National Best Presented Annual -BPA_ Report Award अन्तर्गत Bronze Award प्रदान

आईएमई लाइफलाई National Best Presented Annual -BPA_ Report Award अन्तर्गत Bronze Award प्रदान
New Office

काठमाण्डौ । आईÞएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ल्बतष्यलब िद्यभकत एचभकभलतभम ब्ललगब ि९द्यएब्० च्भउयचत ब्धबचम–द्दण्द्दछू अन्तर्गत द्यचयलशभ ब्धबचम प्राप्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का तथा प्रमुख वित्तीय अधिकृत जगत बोहराले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा विसं २०८३ साल असार १६ गते काठमाण्डौस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच  प्रतिष्ठित अर्वाड संयुक्त रूपमा ग्रहण गरेका थिए ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदनका मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो । 

यस अवार्डले आईएमई लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागतरुपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्दछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खडकाले उक्त सम्मान सम्पूर्ण आईÞ.एम.ई लाइफ परिवारका लागि गर्वको विषय भएको उल्लेख गरे । साथै, वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादन थप मजबुत गर्ने जिम्मेवारी प्रदान गरेको बताए । 

उनले यस सफलताका लागि मार्गदर्शन प्रदान गर्ने सञ्चालक समिति, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध हुनुहुने बीमित ग्राहकहरू, कम्पनीको सफलताका मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, समर्पित कर्मचारीहरू,सम्माननीय शेयरधनीहरू,नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.