बिहीबार, श्रावण ७,२०८३ 07:26:18
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 07:26:18
Bizshala
Global IME Bank Limited

आधा दर्जन बीमा कम्पनी नेतृत्वविहीन, नयाँ सीईओ नियुक्ति अझै अन्योलमा

आधा दर्जन बीमा कम्पनी नेतृत्वविहीन, नयाँ सीईओ नियुक्ति अझै अन्योलमा
New Office

काठमाण्डौ । आधा दर्जन बीमा कम्पनीहरु यतिबेला नेतृत्वविहीन छ । धितोपत्र र बीमा कसुरको कारण कम्पनीका सीईओ र संचालक निलम्बनमा परेपछि आधा दर्जन बीमा कम्पनीहरु हाल नेतृत्वविहीन बन्न पुगेका हुन् ।  

नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्ससहित केही बीमा कम्पनीलाई नेतृत्व चयन गर्न निर्देशन दिइसकेको छ । तर ती कम्पनीहरुले कामु सीईओ समेत नियुक्त गर्न नसक्दा व्यवस्थापन पक्षमा नै समस्या आएको सम्बन्धित कम्पनीका कर्मचारीहरुले प्राधिकरणसमक्ष गुनासो राख्न थालेका छन् ।  

प्राधिकरणले केही समयअघि नै नेतृत्व चयन गर्न निर्देशन दिएपनि कम्पनीहरुले भने नेतृत्व चुन्न ढिला वा अटेर गर्दै आइरहेका छन् । व्यवस्थापकीय काम थप्प भएपछि सम्बन्धित बीमा कम्पनीका कर्मचारीले प्राधिकरणमा उजुरी दिएपछि प्राधिकरणले सीईओ वा कामु सीईओ चयन गरी कामकारवाही सक्रिय सूचारु गर्न निर्देशन दिएको हो ।  

फौजदारी मुद्दा दायर भएसँगै दुई पुनर्बीमा कम्पनी र ५ लघुबीमा कम्पनी नेतृत्वविहिन छन् । यस घटनाले कम्पनीको नेतृत्वमा रिक्तता छाएसँगै व्यवस्थापन पक्षमा नै समस्या देखिएपछि कम्पनीहरुलाई चाँडै नेतृृत्व छान्न निर्देशन दिएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।  

‘प्राधिकरणले फौजदारी मुद्दा लागेर नेतृत्वविहिन भएका कम्पनीलाई चाँडै नेतृत्व चयन गर्न निर्देशन दिइसकेको छ’ ती अधिकारीले भने, ‘हामीले ढिलोमा ३ महिनाभित्र नेतृत्व छान्न भनेका छौं तर कम्पनीहरुले अहिलेसम्म सो सम्बन्धि प्रक्रिया अघि बढाउन सकेको छैन, यदि ती कम्पनीहरुले अटेर गरेमा वा ढिलाई गरेमा प्राधिकरणले कानूनी कारबाही गर्नेछ ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत जेठ २८ गते बीमा र धितोपत्र कसुरमा बीमा क्षेत्रका उच्च पदाधिकारीहरुलाई फौजदारी मुद्दा लगाएको थियो । जसअनुसार यतिबेला आधा दर्जन कम्पनी नेतृत्वविहिन बन्न पुगेको छ ।  

हाल नेपाल रि इन्स्योरेन्स, हिमालयन रि इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र नेपाल माइक्रो इन्स्योरेन्समा सीईओ छैनन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.