बिहीबार, श्रावण २८,२०८३ 06:32:14
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 06:32:14
Bizshala
Global IME Bank Limited

पर्यटन बोर्डद्वारा ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम

Prabhu Bank Limited
पर्यटन बोर्डद्वारा ट्राभल तथा टुर व्यवसायीलाई कर र कानुनी अनुपालनासम्बन्धी तालिम
New Office

काडमाण्डौ । नेपाल पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो) नेपालसँगको सहकार्यमा ट्राभल एण्ड टुर एजेन्सीहरुलाई काठमाण्डौमा कर र कानुनी अनुपालनासम्बन्धी तालिम दिएको छ । काठमाण्डौमा दुई दिने तालिम बिहीबारदेखि सुरु भएको हो । तालिममा विभिन्‍न ट्राभल तथा टुर एजेन्सीका ५० जना व्यवसायीहरुको सहभागिता रहेको छ ।

तालिममा विभिन्न प्रकारका करहरु, पर्यटन क्षेत्रमा लागू हुने करहरु, कर तिर्दा ध्यान दिनुपर्ने विषय, कानूनले प्रदत्त गरेको व्यवस्था र पालना गर्नुपर्ने कानुनी एवं अन्य व्यवहारिक पक्षहरु लगायत विषयमा एजेन्सीका प्रमुख एवं प्रतिनिधिहरुलाई तालिम दिइएको छ । विशेषत कर र भ्याटसम्बन्धी ऐन कानुनको ज्ञानको अभावमा साना व्यवसायीले ठूलो जरिवाना र झन्झट बेहोर्नुपरेको भन्दै तालिममा विशेषगरी व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।

सोट्टो नेपालका अध्यक्ष मान बहादुर शाहीले व्यवसायीले करका विषयमा बोहोर्नुपरेको झन्झटलाई निवारण गर्न आवश्यक ज्ञान प्रदान गर्ने उदेश्यले एजेन्सीहरुलाई तालिम दिइएको बताएका छन् ।

तालिमबारे प्रष्ट पार्दै उनले भने, ‘कर कानुनमा हरेक वर्ष परिवर्तन हुने भएतापनि करका आधारभुत सिद्धान्त स्थिर रहने भएकाले यससम्बन्धी ज्ञान व्यवसायको दीर्घकालीनताका लागि उपयोगी हुनेछ । 

त्यस्तै आर्थिक अनुशासन र पारदर्शिता बढाउन तालिमले सहयोग गर्नेछ,’  व्यवसाय गर्नेहरु करसम्बन्धी सैद्धान्तिक जानकारीको अभावमा ठूलो जरिवानामा नपरुन् भनेर नै तालिम दिइएको शाहीको भनाइ छ ।

नेपाल पर्यटन बोर्डले कर भुक्तानी प्रक्रियाबारे हुने अज्ञानता वा लापरबाहीले कडा जरिवाना भोग्नुपर्ने अवस्था आउने उल्लेख गर्दै यसबाट सचेत रहनुपर्ने जनाएको छ । सोहीकारण सोट्टो नेपालसँगको सहकार्यमा व्यवसायीलाई तालिम प्रदान गरिएको बोर्डको भनाइ छ ।

विभिन्न फरक–फरक सेसनमा फरक–फरक विषयमा पर्यटन व्यवसायीलाई तालिम दिइएको छ । शुक्रबार तालिमको समापन गरिनेछ । बोर्डले सोट्टो नेपालसँगको सहकार्यमा नै आगामी महिना आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सम्बन्धमा पनि एजेन्सी एवं पर्यटन व्यवसायीलाई तालिम प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.