बुधबार, श्रावण १३,२०८३ 04:19:32
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 04:19:32
Bizshala
Global IME Bank Limited

गर्लफ्रेण्डका लागि अर्डर गरेको बर्गर खाएपछि प्रहरी अफिसरका छोराले गरे आफ्नै साथीको हत्या

गर्लफ्रेण्डका लागि अर्डर गरेको बर्गर खाएपछि प्रहरी अफिसरका छोराले गरे आफ्नै साथीको हत्या
New Office

काठमाण्डौ । पाकितस्तानको कराचीबाट एउटा चकित पार्ने खबर बाहिरिएको छ । कराचीमा एक जना अवकाश प्राप्त प्रहरी अधिकारीका छोराले गर्लफ्रेण्ड लागि अर्डर गरेको बर्गर खाएको भन्दै आफ्नै १७ वर्षिय साथीको हत्या गरेका छन् ।  

यो घटना गत फेब्रुअरी ८ गते कराचीको डिफेन्स हाउजिङ अथोरिटी इलाकामा घटेको थियो । हत्या भएका युवकको बुवा अदालतका न्यायधिस भएको मिडिया रिपोर्टमा जनाइएको छ । यो घटनाको सम्पूर्ण अनुसन्धान सकिएपछि हत्या गर्नुको कारणबारे खुलासा भएको हो ।  

यो घटनाको अनुसन्धानकर्ता अधिकारीहरुका अनुसार अवकाश प्राप्त प्रहरी अधिकारी(एसएसपी)नजीर अहमद मीर बहारका छोरा दानियाल मीर बहारले कराची डिस्ट्रिक्ट अदालतका न्यायधिस जावेद केरियोका छोरालाई आफ्नो घरमा बोलाएका थिए । त्यसबेला उनले आफ्नी प्रमिका शाजियालाई पनि घरमा बोलाएका थिए ।  

दानियालले आफु र आफ्नी गर्लफ्रेण्डका लागि जिंजर बर्गर अर्डर गरेका थिए । तर अलिले आधा बर्गर खाएका थिए । प्रेमिकाको बर्गर खाएको रिसमा दानियालले आफ्नो सुरक्षा गार्डको असल्ट राइफल लिएर अलिमाथि फायरिङ गरेका थिए । उपचारका लागि अस्पताल लाने क्रममा अलिको मृत्यु भएको थियो ।  

अनुसन्धानकर्ता प्रहरी अधिकारीहरुका अनुसार गर्लफ्रेण्डका आधा बर्गर नसोधिकनै खाएकाले दानियालको अलिसँग विवाद भएको थियो । दानियाले हाल प्रहरीको हिरासतमा रहेको जनाइएको छ । -एजेन्सी   

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.