शुक्रबार, असार १९,२०८३ 05:45:25
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 05:45:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

Laxmi Sunrise Bank Limited
सानिमा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा एपीआईमा आधारित भुक्तानी सेवा सुरु

काठमाण्डौ । सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टड बैंक भारतले भारतीय रुपैयाँको बाह्य भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआईमा आधारित भुक्तानी प्रणाली सुरु गरेको घोषणा गरेका छन् । यो साझेदारीअन्तर्गत सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतसँग सीमापार भुक्तानीको लागि एपीआई कनेक्टिभिटी स्थापना गर्ने नेपालको पहिलो बैंक बनेको छ ।

एपीआईमा आधारित भुक्तानीको थालनीसँगै परम्परागत म्यानुअल र ब्याचमा आधारित प्रक्रियालाई पूर्ण रुपमा स्वचालित, वास्तविक समयमै भुक्तानी हुने इकोसिस्टमले प्रतिस्थापन गर्नेछ । यसैगरी यी दुई बैंकबीच एपीआईमार्फत अमेरिकी डलर भुक्तानीका लागि समझदारी हुने र त्यसले सीमापार सहकार्यमा महत्वपूर्ण कोसेढुंगाको काम गर्ने बताइएको छ ।

New Office
CG Motors
Garima Development Bank

सो अवसरमा सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत (सीएफओ) निरज ढकालले यो पहललाई सानिमा बैंकले सीमापार बैंकिङ सेवालाई नवीन, सरल, छिटो र भरपर्दो बनाउने प्रतिबद्धताको विस्तार भएको र यसले नेपाल र भारतबीचको वित्तीय कारोबारलाई छिटो, सहज र सुरक्षित बनाउने तथा ग्राहक अनुभवमा उल्लेख्य सुधार ल्याउने बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका हेड अफ फाइनान्स इन्टिच्युशन राजकमल बस्नेतले भने, ‘यो साझेदारी स्ट्यान्डर्ड चार्टर्ड बैंकको सीमापार विज्ञता र सानिमा बैंकको प्रविधिमैत्री एपीआईमा आधारित भुक्तानी समाधान प्रदान गर्ने प्रयासको संगम हो । यसले अन्तर्राष्ट्रिय कारोबारको प्रक्रिया समय र लागत घटाउने, पारदर्शिता बढाउने र दक्षता, सुरक्षा तथा अनुपालन सुदृढ बनाउनेछ ।’

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.