काठमाण्डौ । कामना सेवा विकास बैंकले तिलोत्तमा, रुपन्देहीस्थित इंगा सपिङ कम्प्लेक्ससँग सेवाशुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले शपिङ कम्प्लेक्सको विभिन्न सेवा जस्तै कपडाहरु, घरायसी र इलेक्ट्रोनिक उपकरण, एफएमसीजी–फुड तथा एफएमसीजी–नन–फुडमा १० प्रतिशत छुटसम्म प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखारहित सेवा केन्द्रमार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ ।